जनकपुरधाम, जेठ ११ गते । सरकारले जारी गरेको नागरिकता अध्यादेशको विरोध गर्ने नेताहरुको जनकपुरधाममा युवाहरुले पुतला दहन गरेका छन ।
जनकपुरधामको शिव चोकमा राष्ट्रिय युवा संघ नेपालका युवाहरुले नागरिकता अध्यादेशका विरोध गरेको भन्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जसपाकै संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईको पुत्ला दहन गरेको हो ।
युवा संघ धनुषाका सदस्य सुजित यादवले मधेशी जनताको हकहितका लागि जारी नागरिकता अध्यादेशको विरोध गर्नेहरु मधेश विरोध रहेकोले तिनीहरुको पुतला दहन गरिएको बताए ।
उनले कांग्रेस, माओवादी र जसपाका कथित मधेशी नेताहरुकै हालसम्म नागरिकता ऐन पारित हुन नसकेको अवस्थामा अध्यादेश मार्फत नागरिकता समस्या समाधान गर्न खोज्दा त्यसको विरोध गर्नु भनेको मधेशी जनताको भविष्यसँग खेलवाड गरेकोले हामी तिनीहरुको विरोध स्वरुप पुतला दहन गरेका हौं बताए ।
यसअघि जनकपुरधाम उपमहानगरपालिका ७ का अध्यक्ष जानकीराम साहको नेतृत्वमा सोमबार जसपाका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईको पुत्ला दहन गरिएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !