जनकपुरधाम, जेठ ६ गते । काेराेना संक्रमणबाट नेकपा एमालेका पुर्व सांसद एवं पाेलिट ब्युराे सदस्य याेगनारायण यादव मृत्यु भएकाे छ ।
धनुषाको सबैला नगरपालिका निवासी ५७ वर्षिय नेता यादवकाे उपचारकाे क्रममा काठमाणडौँ स्थित मेडिसिटी होस्पिटलमा मृत्यु भएकाे जनाइएकाे छ ।
मृगौला प्रत्यारोपणका भर्ना भएका नेता यादवकाे कोरोना संक्रमणका कारण उनको मृगौँला प्रत्यारोपण हुन नसक्दै बिहिवार बिहान मृत्यु भएकाे नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशाेर यादवले बताएका छन ।
उनकाे गत ४ दिनदेखि मृगैला सम्बन्धी मेडिसिटी हाेस्पीटलमा उपचार हुँदै आएकाे थियाे र उपचारकै क्रममा नेता यादवमा संक्रमण पुष्टि भएकाे कुरा उनले बताए ।
उनको शवलाई नेपाली सेनाले होस्पिटलबाट लगेर दाहसंस्कार गर्ने बारे छलफल भईरहेको एमालेका अध्यक्ष यादवले बताएका छन ।
२०५६ सालमा धनुषा क्षेत्र नम्बर २ बाट सांसदमा निर्वाचित भएका नेता यादव २०६३ मा गठित अन्तरिम व्यवस्थापिका संसदकाे रूपमा धनुषा २ बाटै एमाले काेटामा सदस्यमा चयन भएकाे थियाे ।
केपी ओली निकट मानिएका नेता यादवकाे परिवारमा दुई श्रीमति र दुई छोरा छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !