जनकपुरधाम, जेठ ५ गते । धनुषाका वरिष्ठ पत्रकार दिलिप घिमिरेको बुधबार विहान निधन भएको छ । क्यान्सर रोगले पिडीत ६३ वर्षिय वरिष्ठ पत्रकार घिमिरेको काठमाडौमा निधन भएको उनका भाई अनिल घिमिरेले जनाएको छ ।
प्रदेश २ को महोत्तरी जिल्ला हतिसर्वामा जन्मिएका घिमिरेले २०३२/३३ सालदेखि जनकपुरधामबाट पत्रकारिता गर्दै आएका थिए । जनकपुरबाट कुलदिपप्रसाद कुमुदको प्रकाशन÷सम्पादनको ज्योति साप्ताहिक र काठमाडौबाट प्रकशित हुने मातृभूमि र समिक्षा साप्ताहिकबाट पत्रकारिताको शुरुवात उनले गरेका थिए भन्ने कुरा उनका भाई अनिलले बताए ।
त्यसपछि २०३८ सालबाट आफ्नै प्रकाशन÷सम्पादनमा “हिमज्योति साप्ताहिक“ प्रकाशनमा ल्याएका थिए । जुन अहिले नियमित प्रकाशित हुँदै आएका छ ।
पञ्चायति ब्यवस्थाको घोर बिरोधि मानिएका वरिष्ठ पत्रकार घिमिरे बाम विचारधाराको रहेका थिए । पञ्चायती ब्यवस्थाको बिरोधमा उनले लेखेको समाचार/समिक्षा मातृभूमि साप्ताहिकमा प्रकाशित भएपछि २०३५ सालमा पञ्चे शाषकले पक्राउ गरेर उनी विरुद्ध राजकाज मुद्धा चलाई ज्यान मार्नेसम्मका योजना बनाइएको थियो ।
२०४६ सालमा प्रजातन्त्रको पुनर्वाहालिको लागि भएको आन्दोलनमा घिमिरे गान्धिवादि नेता महेन्द्रनारायण निधि, काँग्रेसकि नेतृ लिला कोईरालासंगै थुनामा परेको थियो । प्रजातन्त्रका लागि उहाँको योगदानलाई सम्मान गर्दै नेपालका अन्तरिम सरकारका प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलेसमेत घिमिरेलाई सम्मानित गरेका थिए ।
लामो समय करीब ३० वर्षभन्दा बढि पत्रकारिता गरेको भन्दै नेपाल पत्रकार महासंघ धनुषाले समेत पछिल्लो पटक उनलाई सम्मान गरेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !