जनकपुरधाम, जेठ ३ गते । कोरोना संक्रमणको राेकथामका लागि केहि साता देखि निषेधाज्ञाले छाक टार्न समस्या भएका गरीब असहायलाई तीनवटै तहका सरकारले ध्यान नपुरयाए पछि जनकपुरधाममा वडाध्यक्ष अघि बढेका छन ।
दुई साता भन्दा लामो समय देखि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण निम्न तथा मध्यम वर्गका समुदायको अवस्था निकै नै कष्टप्रदायकबाट गुज्रिरहेको बेला जनकपुरधाम वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहले आइतवारदेखि भोजनको व्यवस्था गरेको छ ।
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम वडा नम्बर ७ स्थित जमिरिया देवी धर्मशालामा बसोबास गर्दै आएका कुष्ठ रोगी, मजदुरी तथा मगन्तेलाई राहतस्वरुप दुई छाक भोजनको व्यवस्था लकडाउन अवधि भर गरेको जानकारी दिए ।
निषेधाज्ञाका कारण घर बाहिर गएर काम गर्ने वातावरण नभएको र काम नगर्दा दाम नआउने भन्दै माम कहाँबाट ल्याएर खाने भनि चिन्तित हुदैँ गरेको समाचार सार्वजनिक भएपछिको प्रभावबाट जनकपुरधाम महानगर वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहले लकडाउन अवधिभर खाना खुवाउने व्यवस्था गरेको हाे ।
उनले यस वडामा रहेका गरिब निमुखाहरुको निरिक्षण गरी भोककै कारण कसैलाई कुनै पनि किसिमको समस्या हुन नदिने भन्दै उनले भने– हाम्रो वडामा जमिरिया देवी धर्मशालामा बसोबास गर्दै आएका करिब ४० जना, मुसहरी टोलमा बसोबास गर्दै आएकाहरु बाहेक जो काेही पनि आए सबैलाई खाना दिइनेछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !