जनकपुरधाम, जेठ २ गते । कोभिड १९ संक्रमणबाट प्रदेश २ मा कराँते संघ प्रदेश अध्यक्ष सहित थप ३० जनाको मृत्यु भएको छ ।
आइतवार बिहानसम्म पछिल्लो २४ धनुषा जिल्लामा मात्रै १० जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै पर्सामा ७, बारामा ७, महोत्तरीमा ३, रौतहट तथा सर्लाहीमा एक÷एक जना र एक भारतीय नागरिक सहित ३० को उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक मध्ये १६ जनाको पर्सा जिल्लाको विभिन्न अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगंज स्थित नारायणी अस्पतालमा १०, वीरगंज हेल्थकेयरमा २, नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पतालमा २, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, पर्श मल्टी स्पेस्यालिटी हस्पिटलमा १÷१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
त्यस्तै धनुषामा १० जनाको विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । जनकपुरधाम स्थित प्रादेशिक अस्पताल ४, जानकी हेल्थ केयर, काव्या हस्पीटलमा एक÷एक जना सहित ६ जनाको मृत्यु भएको छ ।
धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल, विराटनगरको कोशी अस्पताल, तथा काठमाडौको वीर अस्पतालमा एक÷एक गरी धनुषाको १० जनाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
धनुषाको मृतक मध्ये वीर अस्पतालमा मृत्यु भएको जनकपुरधाम उपमहानगरपालिका १९ का ४० वर्षीय बैजनाथ यादव नेपाल क्युकोशिन कान कराते संघ प्रदेश २ का अध्यक्ष रहेको बताइएको छ ।
उता स्थास्थ्य कार्यालय महोत्तरीका अनुसार महोत्तरीमा समेत ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहका अनुसार गौशाला नगरपालिका–४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका–७ का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !