Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाम उपमहानगरपालिका कोरोना विरुद्ध युद्धस्तरमा जुटे

प्रदेश र संघीय सरकारले सहयोग नगरेको मेयर साहको गुनासो


जनकपुरधाम उपमहानगरपालिका कोरोना विरुद्ध युद्धस्तरमा जुटे

जनकपुरधाम, जेठ २ गते । संघीय सरकार कुर्सी र प्रदेश २ सरकार विकास बजेट कुम्ल्याउने खेलमा लागेको बेला सर्वसाधारणको स्वास्थ्यको ख्याल गर्दै कोरोना विरुद्ध युद्धस्तरमा जुटेका छन ।

दोश्रो चरणको कोरोना लहर फैलिए देखि नगर सेनिटजाइज्डमा जुटेका जनकपुरधाम उपमहानगरपालिकाले ४० बेडको आक्सीजन र स्वास्थ्यकर्मी सुविधा सहितको आइसोलेशन कक्ष संचालनमा ल्याएका छन ।

उपमहानगरपालिकाका मेयर लालकिशोर साहले भने कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि बढी ध्यान हामीले नगर सेनिटाइज्डमा दिएका छौं । शुरु देखि नै उपमहानगरपालिकाद्वारा २५ वटै वडाको टोल टोलको सडक तथा गल्लीहरुमा सेनिटाइज्ड गर्दै आएका छौं ।

नगरमा संक्रमितको संख्या बढदै गएपछि गत सातादेखि वडा नम्बर ४ स्थित गोपाल धर्मशालामा एक सय बेड पुर्वाधार सहित सुविधा युक्त आइसोलेशन कक्ष निर्माण गराएका छौं । एकसय बेड भनिएपनि संक्रमितको कम रहेकोले अहिले २५ वटा आक्सीजन व्यवस्था सहितको मात्र ३७ बेड संचालनमा ल्याएका छौं, संक्रमितको चाप बढेपछि बाँकी बेडहरु संचालनमा ल्याउने छौं ।

सो आइसोलेशन कक्षमा बस्ने संक्रमितहरुका लागि नियमित रुपमा कोठा सेनिटाइज्ड, खाना नास्ता, औषधि र आक्सीजनको उपमहानगरपालिका आफ्नै खर्चमा निशुल्क व्यवस्थापन गरेका छन भने संक्रमितलाई ल्याउने र घरसम्म पुरयाउनका लागि २४ घण्टा एम्बुलेन्सको व्यवस्था रहेको उनले बताए ।

संक्रमित बिरामीहरुको हेरचाह र स्वास्थ्यपोचारका लागि तीन सिफ्टमा एक चिकित्सक सहित ३÷३ वटा स्वास्थ्यकर्मीलाई २४ औं उपमहानगरपालिका स्वास्थ्य शाखाबाट खटाइएको छ ।
मेयर साहले भने आइसोलेशनका लागि हामीले प्रादेशिक अस्पताल र प्रदेश सरकारलाई दक्ष चिकित्सक उपलब्ध गराई दिन पटक पटक आग्रह गर्दा पनि कुनै चासो नलिएपछि आफ्नो स्वास्थ्य महासशाखामा रहेका स्वास्थ्यकर्मी टिमलाई खटाएका छौं ।

हाल सो आइसोलेशन कक्षमा एक दर्जनभन्दा बढी संक्रमितहरु बसेका छन उनले भने प्रत्येक दिन संक्रमितहरु आइसोलेशनमा आउने गर्छन, गम्भीर अवस्था भएपछि थप उपचारका लाग प्रादेशिक अस्पतालमा समन्व गरी पठाउने गरेका छौं । दक्ष चिकित्सक आभावमा आइसोलेशन कक्षमा बसेका सम्पन्न र भीआईपी खालका संक्रमित बिरामीहरु आफै निजी तथा प्रादेशिक अस्पतालमा जाने गरेको छ ।

यसका साथै होम आइसोलेशनमा बसेका संक्रमितहरुको मोनेटरिंगका लागि स्वास्थ्यकर्मी सहितको ३÷३ जनाको ६ वटा टोली नगरभित्र खटाएका छौं । सो टोलीले होम आइसोलेशनमा बसेकाहरुको घरमै पुगी होम आइसोलेशन बस्ने मापदण्ड र आवश्यक औषधि बारे जानकारी दिने गर्छन र तिनीहरुको स्वास्थ्य अवस्था बारे प्रत्येक दिन स्वास्थ्य महाशाखामा रिपोर्टिंग गर्ने गरेको मेयर साहले भने ।

ती मोनेटरिंगको आधारमा उपमहानगरपालिकाले आक्सीजन र औषधिको व्यवस्थापनका साथै आवश्यकता परेको खण्डमा अस्पतालसम्म पुरयाउने कामलाई निरन्तरता दिदै आएको छ ।
उनले भने प्रदेश र संघीय सरकार कुनै आर्थिक र प्राविधिक सहयोग नगरेपनि जनताप्रतिको हामी आफ्नो दायित्व बुझेर कुनै संक्रमित वा लक्षण देखिएका व्यक्तिले फोन गरेमा उपमहानगरपालिकाको मोनेटरिंग र सीआईसी टोली घरमा पुगेर आवश्यकता अनुसारको सेवा दिइरहेका छौं ।

संक्रमण फैलिन नदिन सर्तकताका लागि हामीले कन्ट्रयाक्ट ट्रेसिङ्ग कार्यलाई प्रभावकारी रुपमा निरन्तरता दिएका छौं । प्रत्येक वडामा ५ जनाको सिआईसी टीम खटाएका छौं । सो सिआईसी टोलीले कन्ट्रायक्ट ट्रेसिङ्गमा परेकाहरु र लक्षण देखिएका व्यक्तिहरुको पीसीआर चेकजाँचका लागि स्वाब संकलनको व्यवस्थापन गर्दै आएको जानकारी मेयर साहले दिए ।

संघ र प्रदेशले सहयोग गरेन

संघीय र प्रदेश सरकारले कोरोना महामारी गरेको सहयोग बारे उनले संघ र प्रदेश सरकारकै आश्वासनमा गतवर्ष पहिलो चरणको कोरोना महामारी रोकथाम, उपचार, क्वारेन्टाईन/आइसोलेशन व्यवस्थापन र राहतमा उपमहानगरपालिकाले करीब ४ करोड खर्च गरियौं, तर प्रदेश सरकारले राहतको नाममा उपलब्ध गराएको २५ लाख रुपैया बाहेक केही पाएनौं दुखेसो सुनाए ।

यसवर्ष दोश्रो चरणको कोरोना लहरमा अहिलेसम्म दुवै तहका सरकार मध्ये कसैलेपनि एक रुपैयाको पनि सहयोग गरेको छैन, विकासको काम नरोकिने गरी हामी आफ्नै आन्तरिक श्रोतबाट रकम खर्च आएका छौं । अहिले शुरुवात चरणमा बढी खर्च नभएपनि जनताको स्वास्थ्यको लागि कोरोना महामारीका लागि आवश्यक परेको खण्डमा चाहिए जति रकम उपमहानगरपालिकाको श्रोत र दाताहरुबाट सहयोग लिई खर्च गर्नेछौं उनले बताए ।

जनकपुरधाम उपमहानगरपालिका भित्र दोश्रो चरणको कोरोना लहरमा करीब ५ सयको हाराहारीमा संक्रमित भइसकेको छ । अधिकांश सामान्य अवस्था भएको कारण होम आइसोलेशनमा बसेका छन भने केही प्रादेशिक अस्पताल तथा निजी अस्पतालमा उपचार गराइ रहेका छन । जनकपुरधाम उपमहानगरपालिकाकै प्रयासमा प्रदेश सरकारले वडा नम्बर १३ स्थित मणिपालमा कोभिड अस्पताल निर्माण कार्य अघि बढाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७८ जेष्ठ २, आईतवार १४:२३
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ जेष्ठ २, आईतवार १४:२३
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ जेष्ठ २, आईतवार १४:२३
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ जेष्ठ २, आईतवार १४:२३
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ जेष्ठ २, आईतवार १४:२३
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ जेष्ठ २, आईतवार १४:२३

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव