वीरगंज, जेठ १ गते । पर्साकाे वीरगंज महानगरपालिकाले आफुले संचालन गरेकाे कोभिड–१९ अस्थायी अस्पतालमा पाँच थान सेमिभेण्टिलेटर थप गरेको छ ।
संक्रमितहरुको उपचारको लागि वीरगंजका उद्ययोगपति सत्यनारायण क्याल परिवारको तर्फबाट तीन थान बीप्याप मेशिन अर्थात (सेमि– भेण्टिलेटर) र वीरगंज महानगरपालिकाले दुईवटा बीप्याप मेशिन गरी जम्मा पाँच वटा बीप्याप (सेमी–भेण्टिलेटर) मेशिन जडान गरिएको छ ।
मेशिन प्राप्त गरेपछि महानगरपालिका सरावगीले परोपकारी कार्यको लागि क्याल परिवारलाई धन्यवाद दिएक छन ।
यसअघि महानगरपालिका मार्फत उपलब्ध भेण्टिलेटर महानगर प्रमुख विजय कुमार सरावगीले नारायणी अस्पताललाई हस्तान्तरण गरेकाे छ।
अहिले प्राप्त भेण्टिलेटरहरु महानगरपालिकाले संचालन गरेको २३० वेडको आईशोलेसनमा राखिने महानगर प्रमुख सरावगीले बताए । महानगरपालिकाले २, ३ वटा अक्सिजन कन्सेन्ट्रेटर पनि मगाइएको छ भने ती कन्सन्ट्रेटर जडान भएपछि अक्सिजनको सिलिण्डर भरथेग गर्न सहज हुने मेयर सरावगीको भने ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !