जनकपुरधाम, वैशाख ३० गते । काेराेना संक्रमितहररूकाे उपचारका लागि अस्पतालहरूलाई धनुषा चेम्बर्स अफ कमर्सले आक्सीजन ग्यास सिलिण्डर उपलब्ध गराएकाे छ ।
अस्पतालहरूले आक्सीजन ग्यास आभाव भएकाे कारणले उपचार गर्न नसक्ने भन्न थालेपछि चेम्बर्सले बिहिवार विभिन्न अस्पताल तथा संस्थालाई ८० वटा आक्सीजन ग्यास सिलिण्डर उपलब्ध गराएकाे हाे ।
काब्य हॉस्पिटल १० थान, नव जीवन हॉस्पिटल ४ थान, आर्या केयर ९ थान, बाल अस्पताल ६ थान,केयर मेडिकल २ थान, गोदावड़ी मोडर्न अस्पताल १६ थान, जानकी हेल्थ केयर १० थान, जनकपुर सिटी अस्पताल १२ पीस, स्वास्तिका हॉस्पिटल ५ पीस, धनुषा अस्पताल १६ पीस, क्लोथ बैंक ५ थान, होम आइसुलेशन विभिन्न बिरामी लाई ६ थान सिलिन्डर चेम्बरका का. वा.महासचिव बिजय साहले उपलब्ध गराएकाे हाे ।
बिगत १० दिन देखी लगातार दैनिक रुपमा कोरोना बैरियर्स का रुपमा आम नागरिकको सुरक्षा का निमित खटी रहेका सुरक्षाकर्मी हरुलाई खाजा, पानी, मास्क, सेनिटाइजर उपलब्ध गराउदै आएको धनुषा चेम्बर ले आज देखी अक्सीजन आपूर्ती समेत गराउन शुरू गरेकाे चेम्बर्सका वरिष्ठ उपाध्यक्ष सराेज मिश्रले बताएका छन ।
गतवर्ष पहिलाे चरणकाे काेराेना महामारीमा चेम्बर्सले कोरोना महामारी बिरुद्ध विभिन्न सरकारी गैर सरकारी निकाय, अस्पताल, सुरक्षा निकाय लगायत लाई गत बर्ष मास्क, सेनिटाइजर, ग्लोब्स आदि सहयोग गरि चेतना मूलक कार्यक्रम, दैनिक ज्यालादरी मा काम गर्ने मजदूर निमुखाहरू लाई राहत खाद्यान्न सामाग्री उपलब्ध गराएको थियाे ।
यस पटक कोरोना भाइरस को नया भेरिएंटले संक्रमितलाई सीधा स्वास प्रस्वासमा असर पार्ने भएकाे हुनाले तिनीहरूकाे जीवन रक्षाका लागि आक्सिजनको अभाव हुननदिन धनुषा चेम्बर अफ कमर्स परिवारले आफ्नो सेवा भाव र सहयोगी मनलाई तीब्रता दिएको हो।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !