जनकपुरधाम, वैशाख २६ गते । आक्सीजन ग्यासको आभाव भएको गुनासो आइरहेको बेला प्रहरीले छापामारी गरी प्रदेशका विभिन्न स्थानबाट छापामारी गरी ७ सय अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको छ ।
प्रदेशका विभिन्न जिल्लाका उद्योग, कलकाखाना, कवाडी, ग्यास वेल्डिङ्ग, पसल तथा गोदामहरुमा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि स्टक गरी राखेको अक्सिजन सिलिण्डरहरु नेपाल प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेशका धनुषा, बारा, पर्सा, सप्तरी, महोत्तरी र रौतहट जिल्ला प्रहरीले भर्ती सिलिण्डर १३२ वटा र खाली सिलिण्डर ५६८ वटा गरी कुल ७ सय वटा बरामद गरी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।
नियतवश स्टक गरी राखेका केही व्यक्तिलाई नियन्त्रणमा समेत लिइएको छ, तिनीहरु विरुद्ध अनुसन्धान भइरहेको दोषी देखिएका खण्डमा कानून बमोजिम कारवाही हुने उनले जनाए ।
नियन्त्रणमा लिएको अक्सिजन सिलिण्डर सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारीक डिस्टीब्युटरलाई बुझाइएको प्रवक्ता प्रसाईले बताएका छन ।
वर्तमान विषम परिस्थितीमा स्वास्थ्य प्रयोजन बाहेक कोही कसैले पनि अन्य प्रयोजनका लागि आक्सीजन स्टक नगर्न अपिल गर्दै स्टक गरी राखिएको फेला परेमा कानून बमोजिम कारवाही गरिने चेतावनी समेत प्रदेश प्रहरी कार्यालयले दिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !