जनकपुरधाम, बैशाख २६ गते । आगो लगाएर हत्या गरी फरार भएका एक आरोपितलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
गत साताअघि आफ्नो छिमेकीलाई पेट्रोल छर्केर आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले ईश्वरपुर नगरपालिका–१२ घारीबथानका ३५ वर्षीय शिवजी साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी मदन कुँवरले जानकारी दिएका छन ।
गत वैशाख २० गते आफ्नो घर अगाडिको आँपको बगैंचामा बसिरहेको बेला ५८ वर्षीय शियाशरण रायलाई शिवजी रायले सामान्य विवादका कारण पेट्रोल छर्की आगो लगाएर फरार भएका थिए ।
आगलागीबाट घाइते भएका शियाशरणको उपचारका लागि काठमाडौ स्थित किर्तिपुर अस्पतालमा वैशाख २१ गते उपचारको क्रममा वैशाख २१ गते नै मृत्यु भएको प्रवक्ता कुँवरले बताए ।
घटना पश्चात फरार भएका साहलाई मलंगवा नगरपालिका ५ भाडसरस्थित नेपाल भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता कुँवरले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !