जनकपुरधाम, बैशाख २५ गते । नगरमा कोरोना संक्रमितहरुको संख्या बढदै गएपछि धनुषाका एक जनप्रतिनिधिले आफू प्रयोग गर्दै आएको सरकारी गाडीलाई एम्बुलेन्स बनाएका छन ।
जिल्लाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले आफु चढ्दै आएको प्रदेश २ ०२ ००१ झ ०००१ सरकारी नम्बर प्लेटको गाडी कोरोना संक्रमितहरुलाई उपचारका लागि अस्पताल पुरयाउन समस्या नहोस दृष्टिगत गर्दै एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका हुन ।
भारतीय सीमा सँग आफ्नो नपाका ग्रामीण भेग जोडिएको कारण कोरोना संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलिरहेकोले संक्रमितहरुलाई अस्पताल पुरयाउन एम्बुलेन्सका लागि समस्या नहोस भन्ने उद्देश्यका साथ आफू चढदै आएको गाडी प्राथमिक स्वास्थ्य चौकीको जिम्मा दिएको हुँ मेयर बरबरियाले बताए ।
उनले एम्बुलेन्सको आवश्यक परेमो आफ्नो मोबाईल अथवा गाडी चालकको मोबाईलमा फोन गर्न नगरबासीसँग आग्रह गरेका छन् । प्रमुख बरबरियाले आफुसँग सम्पर्क गर्न ९८५४०२९७६९ र चालकको सम्पर्क नम्बर ९८०४८०५४०९ सार्वजनिक गरेका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !