पुष्कर बसन्त/ जनकपुरधाम, वैशाख २५ गते । महोत्तरीको जलेश्वर अस्पतालमा करोडौ रुपैयाका लागतमा जडान गरिएका भेन्टीलेटर हुँदा हुँदै भेन्टीलेटरको उपचार आभावमा महोत्तरीको जलेश्वर अस्पतालमा एक कोरोना संक्रमतिको मृत्यु भएको छ ।
अस्पताल भित्र करोडोको लागतमा ५ सेट भेन्टीलेटर रहेपनि चलाउन सक्ने जनशक्ति नहुँदा भेन्टीलेटर उपचार आभावमा कोरोना संक्रमित महोत्तरी गाउँपालिका ४ निवासी ४२ वर्षिय रघुनाथ पाण्डेको मृत्यु हुन गएको छ ।
मृतकका आफन्त वैभव चौधरीले भने सामान्य ज्वरो, रुघाखोकी भएपछि उपचार गराउन यस अस्पतालमा ल्याएका थियौ, तीनदिनसम्म उपचार गरियो पछि भेन्टीलेटर हुँदाहूँदै यहाँ जनशक्ति छैन भनेर रेफर गरिदियो, जनकपुरधाम प्रादेशिक अस्पतालमा ल्याउदा ल्याउँदै मृत्यु हुन गयो ।

उनले भने करोडौ रुपैया लगाएर जडान गरिएका ती उपकरणको के काम जसको उपयोग जनताले नै गर्न पाउंदैन । प्रदेश सरकार र अस्पतालको हेलचक्रयाईले आफनो मान्छेको मृत्यु हुन गएको हो । उनले भने अस्पतालमा भेन्टीलेटर हुँदाहुँदै जनशक्ति छैन भनी रेफर गरिदियो, हामीले जनकपुर ल्याउन एम्बुलेन्स खोज्दा खोज्दै ढिलो भयो, बल्ल तल्ल एम्बुलेन्स पाएपनि जनकपुर ल्याउंदा ल्याउंदै बाटोमा मृत्यु हुन गयो ।
भेन्टीलेटर उपचार आभावमै पाण्डेको मृत्यु हुन गएको स्वीकार्दै अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेले भने ज्वरो, रुघा खोकी र स्वाशप्रश्वासमा समस्या रहेका ती पाण्डेलाई ६० घण्टासम्म आक्सीजनमा राखेर उपचार गरयौं । भेन्टीलेटर उपचार आवश्यकता परेपछि हामीसँग चलाउन जान्न सक्ने जनशक्तिको आभावमा दिन नसकी बचाउन सकेनौ ।
गत वर्ष नै २ करोड ५५ लाखको लागतमा ५ थान भेन्टीलेटर र ३ करोड ४३ लाख रुपैया खर्चेर ५० बेडको कोभिड विशेष अस्पताल बनाइएको थियो । तर एक वर्ष बितिसक्दा पनि ती भेन्टीलेटर र पुर्वाधार जनशक्ति आभावमा प्रयोग विहिन भई बिरामीहरु उपचारका लागि भौतारिदै छन र मर्दैछन ।
अस्पतालका मेडिकल सुपरिडेन्ट डा. शतिश साहले भने भने करोडौ रुपैया लागतको उपचार र पुर्वाधार प्रयोगविहिन हुनुमा हाम्रो होइन सम्बन्धित निकाय समाजिक विकास मन्त्रालयको गलती हो । हामीसँग सबै सेवा उपलब्ध भएपनि जनशक्ति आभावमा केही गर्न सकिरहेका छैनौ ।
पुर्वाधार र उपकरण भएपनि हालसम्म कोरोना संक्रमित बिरामीको उपचार के कति कारणले शुरु गर्न नसकिएको बारे मेसु डा. साहले भने सामान्य लक्षण भएका बिरामीहरुको केही दिनदेखि हामी उपचार गरिरहेका छौ तर हामीसँग थोरै जनशक्ति भएकाले बढी बिरामी लिइरहेका छैनौ, किनभने ती जनशक्तिलाई पनि कोरोनामा खटाइ दिएभने अस्पतालका अन्य सेवाहरु प्रभावित हुन जान्छ ।
मन्त्रालयलाई पटक पटक जनशक्ति व्यवस्थापन गरिदिन मौखिक र पत्राचार मार्फत आग्रह गर्दै आएका छौं तर मन्त्रालयले कुनै चासो नलिएको कारण समस्या भइरहेको बताउंदै उनले भने अस्पतालमा ५ जना चिकित्सक सहित २२ जना कार्यरत स्वास्थ्यकर्मी मध्ये एकजना मात्र एमडी छन । त्यो पनि भेन्टीलेटर, एचडीयू चलाउन जान्न सक्ने भएका छैन ।
हालै प्रदेश सरकारले करारमा नियुक्ति हुनेगरी जलेश्वर अस्पतालबाट २३ जना स्वास्थ्यकर्मीको विज्ञापन गरिएको छ । तर त्यसमा पनि भेन्टीलेटर सहितका उपकरण चलाउन जान्न सक्ने दक्ष एमडी चिकित्सकको मांग नगरिएको कारण समस्या यथावतै रहने मेसु साहले बताए ।
मृतक पाण्डे सर्लाहीको धनकौल गाउँपालिकाको शिक्षा संयोजक पदमा कार्यरत रहेका थिए । बुधवार उपचारका लागि भर्ना भएपनि शुक्रबार आरटिजेन्स विधिबाट कोरोना परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !