जनकपुरधाम, वैशाख २५ गते । करेन्ट लागेर सर्लाहीमा एक बालकको मृत्यु भएको छ ।
जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १० चन्द्रपुरका सुभाष बराईलीका ११ वर्षीय छोरा सुमन बराईलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले टिभी चलाउने क्रममा करेन्ट लागेर ती बालकको मृत्यु हुन गएको जानकारी दिएका छन ।
प्रवक्ता कुँवरले भने टिभी चलाउन विद्युतिय ज्याक जोडने क्रममा करेन्ट लागेर घाइते भएका ती बालकको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !