जनकपुरधाम, वैशाख २५ गते । उपचारको क्रममा सिरहामा एक कोरोना संक्रमितको ज्यान गएको छ ।
मृत्यु हुनेमा सिरहा नगरपालिका–५ बस्ने ६५ वर्षीया एक पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
स्वास्थ्य कार्यालयले जनाए अनुसार संक्रमित ती पुरुषको बिराटनगर स्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भइरहेको थियो । वैशाख १७ गते कोरोना संक्रमण पुष्टि ती व्यक्तिको उपचार जिल्लामा सम्भव हुन नसक्दा रेफर गरिएको थियो ।
यो सँगै कोरोनाको दोश्रो लहरमा सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !