जनकपुरधाम, वैशाख २४ गते । वैवाहिक कार्यक्रममा चर्को आवाजमा अश्लील गीत बजाइ रहेको डिजे बाजा बन्द गराउन गएका प्रहरीमाथि सिरहाको कल्याणपुरमा हातपात गरिएको छ ।
कल्याणपुर नगरपालिका वडा नम्बर ११ मा अबेर राति समयमा एक वैवाहिक कार्यक्रममा चर्को आवाजमा अश्लील गीतहरु बजाइ रहेका डिजे बाजा बन्द गराउन गएका प्रहरीमाथि हातपात गरिएको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
कोरोना भाइरस संक्रमणका कारण समेत वैवाहिक लगायतका कुनैपनि समाजिक कार्यक्रममा १५ जना भन्दा बढी सहभागी हुन नपाउने स्थानीय प्रशासनद्वारा आदेश जारी गरिएपनि त्यसको उल्लंघन गर्दै अबेर राति निकै भीडभाड गरी चर्को आवाजमा अश्लील गीत बजाइरहेको डिजे बाजा बन्द गराउन गएका दुई प्रहरीमाथि हातपात गरिएको जिल्ला प्रहरी कार्यालयले जनाए ।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक शालिग्राम शर्माका अनुसार बुधवार राति करीब ११ बजेतिर विवाहको मटकोर कार्यक्रममा निकै भीडभाड गरी अश्लील गीतहरु डिजे बाजामा बजाइरहेको थियो, अश्लील गीत नबजाउन र भीडभाड नगर्न सम्झाउन गएका ईप्रका कल्याणपुरका इन्चार्ज प्रसनि सुरेन्द्र यादव र प्रहरी जवान भोगेन्द्र यादवमाथि बेहुला सहित वैवाहिक कार्यक्रममा सहभागीहरुले हातपात गरेका थिए ।
घटना बारे ईप्रका कल्याणपुरका इन्चार्ज यादवले भने एक वैवाहिक कार्यक्रममा चर्को आवाजमा अश्लील गीतहरु बजाउंदै निकै भीडभाड गरी नाचिरहेको देखेर गस्तीमा म सहित खटिएका प्रहरी टोलीले कोरोना संक्रमणको ख्याल गर्दै भीडभाड नगर्न र चर्को आवाजमा अश्लील गीतहरु नबजाउन सम्झाउन खोज्दा स्थानीय युवाहरुले हातपात गरयो ।
घटना पश्चात थप प्रहरी परिचालन गरी डिजे बाजा र बेहुला सहित हातपात गर्ने तीनजालाई नियन्त्रणमा लिइएको प्रवक्ता शर्माले बताए । उनले भने प्रहरीले बाजा र बेहुला सहित तीन जनालाई नियन्त्रणमा सोही राति नियन्त्रणमा लिइएका छौं । थप्दै भने विवाहका लागि बेहुलालाई तारिखमा आज छोडिएको छ बाँकी दुई जना विरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !