काठमाडौ, वैशाख २३ गते । पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ हजार ७०७ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ जनाको पीसीआर गर्दा ८ हजार ९७० र ७७५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३९ पुगेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !