जनकपुरधाम, वैशाख २३ गते । प्रदेश २ मा पछिल्लाे २४ घण्टा ४४१ जनामा संक्रमीत भएका पुष्टि भएकाे छ भने १२ जनाकाे मृत्यु भएकाे छ ।

स्वास्थ्य निर्देशनालयले जारी गरेकाे रिपाेर्ट अनुसार भनुषामा सबभन्दा बढी ११७ जना संक्रमित फेला परेका छन ।
त्यस्तै महाेतरी ७१, सिरहामा ५०, सप्तरीमा ४३, राैतहटमा ५, सर्लाहीमा १०, बारामा ३१, पर्सामा १११ र अन्य प्रदेशका ३ जनामा संक्रमण पुष्टि भएकाे छ ।
संक्रमणले गर्दा उपचारकाे क्रममा प्रदेशका सप्तरी जिल्लामा मात्रै ५, धनुषामा १, पर्सामा २ र राैतहटमा ४ जनाकाे मृत्यु भएकाे छ ।
निर्देशनालयका अनुसार राजविराज नगरपालिका ४५ वर्षिय पुरूष, खड्कपुर नगरपालिका ११ का ३६ वर्षिया महिला, हनुमानगर नगरपालिका २ का ४२ वर्षिय पुरूष, सप्तकाेशी नग,पालिका १ का ५० वर्षिय पुरूष र छिन्नमस्ता गाउंपालिका ४ का ४८ वर्षिय पुरूषकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।
निर्देशनालयले जारी गरेकाे रिपाेर्टमा पर्सा, राैतहट र धनुषामा गरि ७ जनाकाे मृत्यु भएकाे तथ्यांक समावेश गरिएकाे छैन ।
हाल प्रदेशमा ४६०२ सक्रिय संक्रमित मध्ये ४४०९ जना हाेम आइसाेलेशन र १९३ जनाकाे ,विभिन्न संस्थागत अस्पतालमा उपचार भइरहेकाे जनाइएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !