जनकपुरधाम, वैशाख २२ गते । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा रहेका ५ जना थुनुवा कोरोना संक्रमित भएका छन ।
हिरासत कक्षमा रहेका कारागार पठाउनुपर्ने ७ जनामध्ये ५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिएका छन ।
कारागार पठाउनुपर्ने बन्दी मध्येका ७ जनाको स्वाब संकलन गरी प्रादेशिक ल्याबमा गरिएको पिसिआर परीक्षणमा २२ देखि ४० वर्ष उमेर समुहका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
संक्रमित थुनुवाका लागि जिल्ला प्रहरी कार्यालयभित्रै अलग आइसोलेसन कक्षको व्यवस्था गरिएको एसपी रानाभाटले जानकारी दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !