जनकपुरधाम, बैशाख २२ गते । काेराेना संक्रमण राेकथाम तथा नियन्त्रणका लागि बुधवारदेखि सबै नाका सिल गरिएकाे छ ।
नेपाल सरकारले धनुषाकाे कुनैपनि नाका खाेल्ने सुचीमा नराखेकाेले धनुषा संग जाेडिएका सबै भारतीय सिमानाका बन्द गरिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
कोरोनाको दोस्रो लहर तिव्र रुपमा बढी रहेको समय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले एक सूचना जारी गर्दै धनुषासँग जोडिएको सबै नाका बन्द भएको जानकारी दिएका हुन ।
जारी सुचनामा नेपाल सरकार मन्त्रीपरिषद्को आइतवारको निर्णयमा नेपाल भारत बिच आवतजावत गर्न यस जिल्लाको कुनै नाकालाई नराखेकाेले जिल्लाका नाकाबाट भारत तर्फ आवत जावत गर्न निषेध गरिएकाे उल्लेख छ ।
धनुषासँग भारत आवत जावत गर्ने नाकाकाे रूपमा जटही , इनर्वा लगायत करीब आधा दर्जन नाका प्रयाेग गरिदै आएकाे छ । संक्रकण तिव्र रूपमा बढदै गएपछि केही दिनदेखि जटही नाका मात्र संचालनमा थियाे । जिल्ला प्रशासन कार्यालयकाे निर्देशन पश्चात् त्याेपनि बन्द भएकाे छ ।
वैशाख १९ गते मन्त्रीपरिषदकाे निर्णयबाट भारतमा तिव्ररूपमा बढदै गएकाे काेराेना संक्रमणले नेपालमा समेत असर पार्न लागेकाे भनी आवत जावतका लागि भारत संग जाेडिएका १३ वटा नाका मात्र खाेल्ने भनिएकाे थियाे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !