जनकपुरधाम, वैशाख २२ गते । प्रदेश २ मा पछिल्लो २४ घण्टामा मात्र ४७८ कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य निर्देशनालयका अनुसार सबभन्दा बढी धनुषामा १ सय ४० जना संक्रमित फेला परेका छन् भने पर्सामा १ सय२५ जना, महोत्तरीमा ४८ जना, सिरहामा ४२ जना र बारामा ४१ जना संक्रमित भएका छन ।

त्यस्तै सप्तरीमा ३५ जना, रौतहटमा २४ जना, सर्लाहीमा १३ जनामा संक्रमण पुष्टि भने प्रदेशमा अन्य जिल्लाका बसाेबास गर्दै आएका १० जनामा समेत संक्रमण पुष्टि भएकाे प्रदेश निर्देशनालयले जनाएको छ ।
संक्रमित भेटिएका मध्ये महिला १ सय ३५ जना र पुरुष ३ सय ४३ जना छन् । यो संगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय ७३ पुगेको छ जसमध्ये ३ हजार ७ सय ८० हाेम आइसाेलेसन र १ सय ९३ जना विभिन्न संस्थागत अस्पतालमा उपचाररत रहेकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !