जनकपुरधाम, वैशाख २२ गते । तिव्रगतिमा बढदै गएकाे नया भेरियन्ट सहितको कोराेना महामारी नियन्त्रण तथा रोकथामका स्वास्थ्य सामाग्री सहयाेग गरिएकाे छ ।
युएनएफपीएले patient care का लागि ८ सय थान गाउन (ppe), २० हजार थान सर्जिकल मास्क,९६० थान N95 मास्क,१७ हजार थान मेडिकल मास्क,१ हजार थान फेर कभर,५० हजार थान ग्लोभ्स,१ हजार ८ वटा स्यानिटाईजर, १० वटा थर्मल गन उपलब्ध गराएका छन।
नया भेरियन्टमा यति ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गर्ने पहिलो युएन एजेन्सी बन्न गएकाे दाबी गरिएकाे छ ।
उक्त सामग्रीहरु प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको रोहवरमा प्रदेश स्वास्थ्य आपुर्ती केन्द्रका डा .राजिव झालाई युएनएफपीएका प्रदेश निर्देशक नरेन्द्र मिश्रले हस्तान्तरण गरेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !