जनकपुरधाम, वैशाख २२ गते । कोभिड १९ बिरामीको उपचारमा प्रदेश सरकारको उदासिनताको बीच जनकपुरधामको रमदैया स्थित जानकी मेडिकल कलेजले निशुल्क कोभिड अस्पताल संचालनमा ल्याएको छ ।
भेन्टिलेटर, आईसीयू र आइसोलेशन लगायतका उपकरणको अभावमा सर्वसाधारणको उपचार भइरहेको भइरहेको छैन । उपचार नपाएर मंगलबार मात्रै धनुषाका ४० वर्षिय लोकबहदुर परियारको मृत्यु भएको थियो । कोभिड बिरामीप्रति प्रदेश सरकारको उदासीनताका बीच जानकी मेडिकल कलेजले छुट्टै अस्पताल संचालनमा ल्याएपछि स्थानीयले राहत पाउने भएका छन ।
कोभिड १९ को नयाँ भेरियन्टसहित बढ्दो संक्रमण नियन्त्रण तथा उपचारकालागि भेन्टिलेटर, अक्सिजन, आइसोलेशन, क्वारेन्टिन व्यवस्थापन गर्ने भन्ने प्रदेश सरकारले निर्णयमाथि निर्णय गर्दै आएको छ । तर कार्यान्वयन पक्ष शून्य देखिएको छ ।
हुनत प्रदेश सरकारले केही दिनअघि जानकी मेडिकल कलेजमा कोभिड अस्पताल संचालनमा ल्याउने निर्णय गरेको थियो । तर त्यसको न कुनै पुर्वाधार र नखर्च अहिलेसम्म दिएको छ । प्रदेश सरकारले कुनै चासो नलिएपछि मेडिकल कलेजले कोभिड बिरामीप्रति साहनुभुति देखाउंदै निशुल्क सेवा दिने गरी दुई सय शैय्याको कोभिड विशेष अस्पतालको रुपमा सञ्चालनमा ल्याएको छ ।
प्रदेश र स्थानीय सरकारले भने अनुसारको न्युनत्तम सहयोग समेत उपलब्ध गराउन नसके पछि मेडिकल कलेजले सर्वसाधारणको स्वास्थ्यहितलाई ख्यालगर्दै आफ्नै लगानीमा निशुल्क कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको कलेजका प्रबन्ध निर्देशक श्रीप्रसस्ट पाण्डेले जानकारी दिए ।
पाण्डेले भने ‘हामी संग दुइ सय शैयाको अस्पताल तैयारी अवस्थामा छ् । बुधबारबाट निुशल्क सेवा दिने गरी २० शैय्याको अक्सिजन सहितको र ६ शैयाको भेन्टिलेटर सहितको कोभिड अस्पताल संचालनमा ल्याएका छौँ । बिरामीले मात्र आक्सीजन र औषधिको खर्च व्योहर्नेछ बाँकी अस्पतालले नै व्यवस्थापन गर्नेछ ।
तत्काल अक्सिजन अभाव रहेको र आफु हरुसंग आइतबार सम्म अक्सिजन पाइपलाइन लगायतका थप उपकरण आइ सकेपछि अझै वृहत रुपमा सुविधा सम्पन्न रुपले कोभिड अस्पताल संचालनमा ल्याउने छौ ।’ उनले हाल आफुहरुलाइ प्रदेश सरकारले पिपिई र आक्सीजन सहितका सहयोग गर्ने आश्वास दिएका छन तर हालसम्म न त प्रदेश सरकार न स्थानिय सरकारबाटै कुनै सहयोग पाएको छैन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !