जनकपुरधाम, वैशाख २१ गते । धनुषामा उपचार आभावमा एक कोरोना संक्रमण शंकास्पद बिरामीकाे मृत्यु भएकाे छ ।
गत पांच दिनदेखि ज्वराेले पिडीत धनुषाकाे बटेश्वर गाउंपालिका ४ मा बस्दै आएका ४५ वर्षिय लाेकेन्द्रबहादुर परियारकाे उपचार आभावमा मृत्यु भएकाे जनाइएकाे छ ।
ससुरालीमा बस्दै आएका परियारकाे साेमवार राति ८ बजे एक्कासी स्वास्थ्य अवस्था बिग्रेपछि उपचारका लागि एम्बुलेन्सबाट जनकपुर ल्याइयाे तर कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि छटपटिएर मृत्यु भएको छ ।
परियारलाई राति ८ बजे श्वासप्रश्वासमा समस्या भएपछि एम्बुलेन्समा उपचारको लागि जनकपुर लगिएको थियो ।
प्रादेशिक अस्पताल र जनकपुरकाे कुनैपनि अस्पतालले आइसोलेशनमा उपचारको लागि पुग्दा बेड खाली नरहेको भन्दै फर्काइएको थियो ।
कतै भर्ना नलिएपछि बाध्य भएर घर फर्किएपछि बटेश्वर बजारको आरपी मेडिकल हलमा पुग्दा आक्सीजन आभावमा उनकाे मृत्यु भएको एम्बुलेन्स चालक रामबाबु महताेले बताए ।
जनकपुरको प्रादेशिक अस्पतालमा लग्दा भर्ना नलिएपछि अन्य अस्पतालहरुले भर्ना नलिएपछि पुनः बटेश्वर नै आरपी मेडिकल हलमा लग्दा आफन्तले पैसा डिपाेजिट गर्न नसक्दा भर्ना नलिंदा उपचार आभावमा छटपटिएर मृत्यु भएकाे चालक महताेले बताए ।
यता जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको कोभिड अस्पतालका संयोजक डा. जामुन सिंहले बिरामीलाई भर्ना नलिएको कुरो स्वीकार गर्दै बेड खाली नरहेकाे भर्ना नलिएकाे बताएका छन ।
उनका अनुसार प्रादेशिक अस्पतालमा २६ बेडको आइसोलेसन मात्रै रहेको र ३२ वटा बिरामी आई सकेकाले थप बिरामी भर्ना गर्न नसक्ने स्थिति रहेको कारण भर्ना लिइएन ।
शव काेराेना संक्रमित हुन नसक्ने कसैले नछाेएकाे कारण आरपी मेडिकलको बाहिरै बेवारिसे अवस्थामा रहेको छ । उता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्र मिश्रले भने घटना बारे जानकारी आएकाे छ वास्तविक के हाे घटना बारे हामी बुझ्दैछु ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !