जनकपुरधाम, वैशाख १८ गते । धनुषामा एक महिलाले देवरसँग आफ्नै श्रीमानको हत्या गरेकी छिन ।
जिल्लाको हंसपुर नगरपालिका ६ को टिल्हीका २५ वर्षीय युवक शम्भु मण्डललाई उनको श्रीमतिले घरायसी विवादमा आफ्नो देवरहरुसँग मिलेर धारिलो हतियार प्रहार गरी हत्या गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
गएराति भएको विवादमा मण्डलका पत्नी २३ वर्षीया सुशिलादेवी मण्डल, भाइहरु जय मण्डल र अनिल मण्डलले कुुटपिट गरि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।
घटना पश्चात श्रीमति शुशिलादेवी तथा भाइरहरु जय र अनिल फरार भएको छ उनीहरुको खोज तलाश जारी रहेको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटेको प्रवक्ता मिश्रले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !