जनकपुरधाम, वैशाख १८ गते । कोभिड १९ बाट प्रभावित अति विपन्न गरीब परिवारको आय आर्जन र तिनीहरुको जीवन उक्सान सामुदायिक सुधार केन्द्र (सीआईसी) धनुषाले संचालन गरेको विभिन्न कार्यक्रमको स्थलगत अनुगमन गरिएको छ ।
गणेशमान चारनाथ नगरपालिका, यु.एन.डि.पी. र सी.आई.सी. धनुषाद्धारा संचालित COVID-19 responses and socio economic recovery project को विभिन्न गतिविधिहरुलाई जिल्ला समन्वय समितिका सभापति रामदेव मरवैता, उपसभापति दिपक झा लगायतका पदाधिकारीहरुले स्थलगत भ्रमण गर्दै अनुगमन गरेका हुन ।

भ्रमणमा सहभागी पदाधिकारीहरुले समूहगत तरबुज खेती, फरसी खेती, गडयौला मल, टनेल नर्सरी, बाख्रा र बाख्राको खोरहरुको अवलोकन गर्नुका साथै लाभान्वित परिवारसँग ती कार्यक्रमहरुबाट तिनीहरुको जिवनमा परेको प्रभाव बारे प्रत्यक्ष भेटघाट गरी जानकारी लिएका छन ।
अवलोकनको क्रममा जिसस धनुषाका सभापत्ति रामदेव मरवैताले कोभिड १९ बाट प्रभावितहरुको आय आर्जन र जिविकोपार्जनका लागि स्थानिय स्थरमै संचालनले गर्दा निकै फाइदाजनक र कार्यक्रम प्रभावकारी रहेको बताएका थिए ।
उनले कोभिड १९ को असर सबभन्दा बढी गरीव, अतिविपन्न र बैदेशिक रोजगारीबाट फर्केकाहरुमा परेकोले तिनीहरुको लागि सामूहिक रुपमै खेती तथा पशुपालन लगायतका कार्यक्रमले जिविकोपार्जनमा टेवा पुग्नुको साथ साथै स्थानिय स्तरमै रोजगारी समेत पाएको बताए ।

सो परियोजनाले गणेशमान चारनाथ नगरपालिकाका विभिन्न वडाका ३ सय ५० अतिविपन्न, गरीव र बैदेशिक रोजगार गुमाएका घरपरिवारलाई लक्षित गरी सीआइसीले संचालन गरेको छ । परियोजनाका लक्षित वर्गहरुले परियोजनाबाट प्रत्यक्ष रुपमा लाभ लिदै सहभागीहरु आयआर्जन गर्दै आएको छ ।
परियोजना मार्फत यूएनडीपीको सहयोगमा सीआइसीले करीव १० विग्हा वगरको जग्गामा तरबुज खेती, ४.५ विग्हा जग्गामा फरसी खेती गराएको छ भने १ सय ५० वटा बाख्रा र ३० वटा बाख्राको खोर र गडयोैला मल बनाउनमा समेत सहयोग गरेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !