जनकपुरधाम, वैशाख १७ गते । प्रदेश २ मा तिव्र रुपमा कोरोना संक्रमण बढदै गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशमा २ सय ८७ जना संक्रमित भएको छ भने ४ जनाको मृत्यु भएको छ ।
शुक्रवार दिउंसो सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार प्रदेशका धनुषामा ४४, महोत्तरीमा १८, सिरहामा १०, सप्तरीमा २७, रौतहटमा १०, सर्लाहीमा ७, बारामा ३५ र पर्सामा १३५ जना संक्रमित भएका छन ।
हाल प्रदेशका जिल्लाहरुमा २१३६ सक्रिय संक्रमित रहेका छन । जसमध्ये २०४६ होम आइसोलेशन र ९० जना अस्पतालको आइसोलेशनमा उपचारत अवस्थामा रहेका छन ।
त्यस्तै बारामा एक र पर्सामा ३ जना गरी ४ जनाको मृत्यु भएको छ । निर्देशनालयका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका २४ का एक ७७ वर्षिय पुरुषको मृत्यु भएको छ ।
पर्साको विरगंज महानगरपालिका ३ का एक ४७ वर्षिय महिला, वीरगंज महानगरपालिका १२ का एक ४० वर्षिय पुरुष र नगवा १६ का एक ४८ वर्षिय महिलाको उपचारको क्रममा मृत्यु भएको छ । हालसम्म प्रदेको सप्तरीमा ४१, सिरहामा २६, धनुषामा २५, महोत्तरीमा १८, सर्लाहीमा १५, रौतहटमा १०, बारामा २६ र पर्सामा ६५ जनाको मृत्यु भइसकेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !