जनकपुरधाम, वैशाख १७ गते । सप्तरीमा एक व्यक्तिलाई पानी लिने बहानामा घरमा प्रवेश गरी बलात्कार गरेको आरोपमा ७ वर्ष कैद सजाय सुनाइएको छ ।
जिल्ला अदालत सप्तरीले सप्तरीको विष्णुपुर गाउँपालिका ३ मुसहरनियाँका ३७ वर्षिय दिपेन भन्ने दिपनारायण सार्फीलाई बलात्कार आरोपमा ७ वर्ष कैद सजाय सुनाएको हो ।
जिल्ला अदालत सप्तरीका न्यायधिश सुर्यनाथ प्रकाश अधिकारीको एकल इजलाशबाट आरोपितलाई ७ वर्ष कैद सजायका साथै ५० हजार रुपैया क्षतिपूर्ति भराउनुपर्ने फैसला भएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जनाएको छ ।
२०७६ साल जेठ २७ गतेका राति छिमेकी एक ३० वर्षिय महिलालाई घरमा कोही नभएको बेलामा ट्युबेलबाट पानीले बहानामा घरमा प्रवेश गरी बलात्कार गरेको साफीमाथि आरोप रहेको छ । पिडीत महिलाको पति वैदेशिक रोजगारमा रहेका छन ।
पिडीतले दिएको उजुरीको आधरामा जेठ २८ गते नै प्रहरीले आरोपितलाई पक्राउ गरेको थियो । असोज ९ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज करागारमा थुनामा थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !