जनकपुरधाम, चैत ३१ गते । महाेतरीमा नेपाली सेना सवार बलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएको छ ।
मध्यपूर्वी पृतना तालिम शिक्षालय धारापानी मंगलवार दिउंसाे धनुषाबाट महोत्तरी तर्फ गईरहेकाे बा २ झ ४६३ नम्बरको जिप खोल्सीमा खस्दा दुर्घटना भएको जनाइएको छ । सो दुर्घटनामा घाइते भएका मध्ये दुई सैनिकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा ३३ वर्षिय जमदार बुद्धमान राई, ३४ वर्षिय अमल्दार संतोष विष्ट, ३४ वर्षिय पियूठ अमल थापा, २४ वर्षिय दशरथ थारु र ३८ वर्षिय नेपाली सेनाका गाडि चालक चेतराज राई रहेकाे इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएकाे छ ।
घाइते मध्ये बुद्धमान राई र सन्तोष विष्टका गम्भिर रहेको छ । गम्भीर घाइते दुवैजनालाई हेलीकप्टरबाट काडमाडौँ पठाउने तयारी भइरहेको ईप्रका बर्दिबासले जनाएको छ । सामान्य घाईते भएकाहरुको बर्दिवास स्थित जनसेवा हस्पिटलमा उपचार भईरहेको छ ।
पानी तान्ने मोटर लिनका लागि बर्दिवास गइरहेको बेला सेनाको गाडीको अगाडीको देब्रे साईडको चक्का पडकेपछि अनियन्त्रित भएर १० मिटर गहिरो खोल्सीमा खसेको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !