जनकपुरधाम, चैत ३० गते । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको कार्य समिति पहिलो पटक निर्वाचन प्रक्रियाबाट चयन गरिएको छ ।
जनकपुरधाममा सम्पन्न महाधिवेशनको निर्वाचनबाट नयाँ कार्यसमितिको अध्यक्ष पदमा डा. सिके राउतलाई यथावत राखिएको छ । निर्वाचन प्रक्रिया अपनाइएपनि अध्यक्ष लगायत कुनैपनि पनि प्रतिष्पर्धीको उम्मेदवारी परेन ।
निर्वाचन प्रक्रिया भनिएपनि कुनैपनि पदमा अर्को उम्मेदवारको उम्मेदवारी नपर्दा सबै पदका उम्मेदवार निर्विरोध हुन तर त्यसलाई निर्वाचन प्रक्रियाको माध्यमबाट मत खसाल्ने अधिकार मतदाताहरुलाई दिई लोकतान्त्रिक प्रक्रिया अपनाइएको सम्बन्धित पक्षले दाबी गरेका छन ।
अध्यक्ष पदमा डा. राउतको पक्षमा २३०२ मत खसेको हो । कार्यसमितिको उपाध्यक्ष पदमा मोहम्द अब्दुल खान, ई. बसन्त कुशवाहा, ई. दीपक कुमार साह र ई. नरेन्द्र प्रसाद चौधरीले विजयी भएका छन् भने महासचिवमा चन्दन कुमार सिंह निर्वाचित भएको छ ।
उपाध्यक्ष पदमा अब्दुल खानले १८६७, कुशवाहाले ११५०, साहले ७७१ र चौधरीले ५८२ मत ल्याएका छन भने महासचिवमा सिंहले १५७३ ल्याएका छन । उपमहासचिव, सचिव र ४ सिट भएको गैर आवासीय मधेशी संघमा कुनै उम्मेदवारी परेको छैन । यी पदहरुमा निर्वाचित सदस्य मध्येबाट चयन गरिने छ ।
केन्द्रिय सदस्यहरुमा धनुषाका इन्द्रजीत यादव र डा. विनय कुमार पंजियार, सर्लाहीका नरेश प्रसाद कुशवाहा र राजेन्द्र राय, महोत्तरीका बिरेन्द्र महतो र संजय कुमार यादव, सुनसरीका भवानी महतो र सिताराम पण्डित, सिरहाका संजय कुमार यादव र रामकुमार यादव, सप्तरीका सुरेन्द्र शर्मा र मदनेश कुमार चौधरी, रौतहटका डा. सुवन्त कुमार कुशवाहा र ललिचतचन्द्र मल्लिक निर्वाचित भएका छन् ।
त्यस्तै रुपन्देहीका भोगेन्द्र प्रसाद यादव, नवलपरासीका बालगोबिन्द चौधरी, बाराका ओमप्रकाश साह र सुनिल कुमार यादव, बाँकेका विष्णु प्रसाद यादव र इरफान अहमद शेख, रुपन्देहीका रामकेश गुप्ता, मोरङका परमेश्वर मुर्गु, कपिलवस्तुका योगेन्द्र चौधरी पनि केन्द्रिय सदस्य निर्वाचित भएका छन् ।
महिला सदस्यमा धनुषाकी अनितादेवी साह, महोत्तरीकी अन्जनीदेवी मण्डल, सप्तरीकी बविता कुमारी राउत र जुलेखा विवी, सिरहाकी अनिता कुमारी मण्डल, सुनसरीकी आशा कुमारी मेहता, दाङकी राधा कुमारी यादव र झापाकी कौशिला देवी महतो निर्वाचित भएकी छिन । सम्पन्न निर्वाचनमा ४५ सय जनाले मतदान गरेका कुरा निर्वाचन प्रमुख संजय कुमार सिंहले जानकारी दिएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !