जनकपुरधाम, चैत ३० गते । पार्टी छाडेर एमालेमा गएको भन्दै नेकपा माओवादी केन्द्रले प्रदेश २ का आफ्ना चारजना प्रदेश सांसदलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।
माओवादी केन्द्र पार्टी परित्याग गरेर नेकपा एमालेमा गएपछि तिनीहरुलाई कारवाही स्वरुप प्रदेश सभा सचिवालयमा बर्खास्त गर्न सिफारिस गरिएको हो ।
नेकपा एमालेमा लागेको भन्दै पार्टीले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई बर्खास्त गर्न माओवादी केन्द्रले प्रदेश सभा सचिवालयलाई सिफारिस गरेको हो ।
माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले भने पार्टी पुरानै नाममा फर्केपछि चारजना प्रदेश सांसद एमालेमा गएपछि तिनीहरुलाई २४ घण्टे अल्टिमेटम सहित स्पष्टीकरण सोधिएकोमा कुनै जवाफ नदिएपछि बर्खास्तका लागि आइतवार नै सिफारिस गरिएको छ ।
प्रदेश सभामा कानुन अधिकृत विदामा रहेका कारणले उनि आए लगतै पद वर्खास्ती गरिने आफुलाई सचिवालयले जानकारी दिएको नेता साहले बताएका छन । प्रदेशमा माओवादीका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्त भएपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् ।
बर्खास्तमा परेका मण्डल पार्टी एकीकरण हुनुअघि माओवादीका संसदीय दलका नेता थिए । एमाले र माओवादी केन्द्र एकीकृत भई गठित नेकपामा ओली समूहका सत्यनारायण मण्डललाई दलको नेतामा चयन गरिएको थियो । अहिले एमालेमा सत्यनारायण मण्डललाई हटाएर नेपाल समूहका शत्रुध्न महतोलाई दलको नेतामा चयन गरिएको हो ।
यता बर्खास्तीको सिफारिस भएकी ज्वाला कुरमारी साह र रामचन्द्र मण्डलले पार्टीले गरेको कारवाही भोग्न आफुहरु तयार रहेको बताएका छन । उनीहरुले भने आफु विचार र पार्टीको निर्माण लागेको कारणले स्टीकरण समेत नदिएको र माओवादीले गर्ने कारवाही भोग्ने बताए । उनले भने आफुहरुलाई कारवाहीले कुनै महत्व राख्दै विचार र नितिको राजनीति गर्दैछु त्यसमा आफूहरुलाई एमाले नै ठिक लागेपछि त्यतातर्फ लागेको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !