जनकपुरधाम, चैत २९ गते । नेकपा एमालेले प्रदेश २ संसदीय दलको नेतामा माधव नेपाल समूहका शत्रुध्न महतोलाई चयन गरेको छ ।
आइतबार संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल पक्षका १३ जना सांसदहरुले ओली समूहका सत्यनारायण मण्डललाई हटाएर नेपाल पक्षका महतोलाई संसदीय दलको नेता चयन गरेका हुन् ।
महतोलाई दलको नेता चयन गरिएको हस्ताक्ष सहितको निर्णय पत्र प्रक्रियागत रुपमा प्रदेश सभाका सभामुख सरोज कुमार यादवलाई बुझाएको कुरा प्रदेश सभा सचिवालयका रंजित यादवले बताएका छन । प्रदेश २ मा नेकपा एमालेका २१ जना सांसदमध्ये १३ जना सांसद नेपाल पक्षमा लागेका छन् भने ८ जना सांसद ओली समूहमा रहेका छन ।
महतोलाई दलको नेतामा चयन गर्ने पत्रमा हस्ताक्षर गर्नेहरुमा शत्रुध्न महतो, रविन्द्र बैठा, सुन्दर विश्वकर्मा, सीता गुरुंग, नागेन्द्र यादव, हसिना खातुन, डिल्ली उप्रेती, बेची लुंगेली, मन्जु यादव, प्रमोद यादव, मदनसेन श्रीवास्तव र अशोक यादव सहितका १२ जना रहेका छन भने गोविन्द न्यौपानेले फोन मार्फत सभामुख समक्ष सहमति जनाएका हुन ।
त्यस्तै बैठकबाट रवीन्द्र बैठालाई उपनेता, सुन्दर विश्वकर्मालाई प्रमुख सचेतक र बेची लुङ्गेलीलाई सचेतकमा चयन गरेको छ । करीब ६ महिनापछि भोलि बस्न लागेको प्रदेशसभा बैठकअघि नेपाल पक्षले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक चयन गरेको हो ।
भोली बस्ने प्रदेशसभा बैठकमा नेकपा एमालेको संसदीय दलका नेताको भूमिका महतोले निर्वाह गर्ने छन् । माओवादी केन्द्र र नेकपा एमाले एकिकरण भएपछि संसदीय दलका नेता मण्डल नै चयन गरिएको थियो ।
नेकपा भित्र विवाद उत्पन्न भएपछि मण्डललाई हटाएर १९ सांसदले महतोलाई नेतामा चयन गरेको थियो । नेकपा ऋषि कटेलको पोल्टामा गएपछि एमाले र माओवादी पुरानै नाममा फर्केपछि एमालेको संसदीय दलको नेता को हुने अन्यौलता बढेको थियो ।
मण्डल र महतो दुवैले आफू नै दलको नेता रहेको दाबी गर्दै आइरहेको थियो । यसैबीच चैत २९ गतेका लागि डाकिएको बैठकको एकदिन अगावै नेपाल पक्षले निर्णय गरेको महतोलाई दलको नेतामा चयन गरेको छ ।
उता मण्डलले संसदीय दलले डाकेको बैठकमा उपस्थित नभई मनपर्दी रुपमा बैठक गरी दलको नेता चयन प्रक्रिया अघि बढाएकोमा पार्टीको अनुशासन विपरित काम गर्ने सांसदहरुलाई कारवाही गर्ने बताएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !