जनकपुरधाम, चैत २७ गते । नेपाल पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा राजेश कुमार कर्ण विजयी भएकाे छ ।
कर्णले ४ मतको अन्तरले निकटतम प्रतिद्वन्दी नवलकिशोर यादवलाई पराजित गर्दै विजयी भएकाे हाे । कर्णले ३४६ मत प्राप्त गरेका छन भने यादवले ३४२ मत प्राप्त गरेका हुन ।
कर्ण प्रेस मञ्च नेपाल र प्रेस चौतारी ओली समूहका साझा उम्मेदवार रहेका थिए भने यादव नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल लगायतका संगठनको तर्फबाट उम्मेद्वार बनेका थिए ।

त्यस्तै उपाध्यक्षमा मञ्चकै रामानन्द गुप्ता, महासचिवमा प्रेस चौतारीका श्याम प्रसाद बञ्जारा विजयी भएका छन । गुप्ताले ३६७ र २७८ मत ल्याई विजयी भएका हुन भने उनका गुप्ताका निकटतम प्रतिद्वन्दी प्रेस संगठनका राजु विश्वकर्मा ३५२ र बञ्जाराका प्रतिद्वन्दी प्रेस युनियनका अशोक तिवारीले २४७ मत ल्याएको कुरा निर्वाचन समिति प्रमुख रामभरत साहले जानकारी दिएका छन ।
महिला उपाध्यक्षमा प्रेस संगठनबाट ज्योति झाले २९३ मत ल्याई विजयी भएकी छिन भने निकटम प्रतिद्वन्दी रेणुकुमार कुमारी चौधरीले २६२ मत ल्याएकी छिन ।
सचिवमा प्रेस युनियनबाट अजित सिंह, समावेशी सचिवमा मञ्चका भोला पासवान र कोषाध्यक्षमा मंचकै विश्वनाथ ठाकुर निर्वाचित भएका छन ।
त्यस्तै सदस्यहरुमा खुल्लातर्फ महेश्वर अधिकारी, शैलन्द्रकुमार झा, सन्तोष कुमार सिंह, त्रिलोकी नाथ यादव, अजयकुमार साह, महिला सदस्यमा प्रतिभा झा, बरुण यादव, आदिवासी÷जनजातिबाट रोयण्टार मण्डल, शंकर श्रेष्ठ, मधेशीतर्फ नवीन मिश्र, संजयकुमार राउत र अल्पसंख्यकबाट हदिश खुद्दार निर्वाचित भएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !