जनकपुरधाम, चैत २७ गते । उद्योगी व्यवसायीहरुको हकहित र प्रवद्र्धनका काम गर्ने जनकपुरधाम उद्योग वाणिज्य संघको हुन लागेको महासचिव पदका उम्मेदवार रामकुमार महासेठले प्रतिबद्धता जनाएका छन ।
चैत २८ गते हुन लागेको संघको निर्वाचनको तयारीमा जुटेका रामकुमार महासेठले व्यवसायिक प्रतिष्ठानहरुमा मत माग्दै व्यवसायीहरुसँग प्रतिबद्धता जनाएका हुन ।
प्रचार प्रसारको क्रममा लोकपुकार सँग कुरा गर्दै महासेठले भने आफू सधैँ उद्योगी व्यवसायीको हक हितका लागि प्रत्यक्ष रुपमै संघर्ष गर्दै आएको छ तर अब अधिकारिक रुपमा संस्थागत प्रतिनिधि भई काम गर्न संघको निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिएको भने ।

उनले व्यवसायीको हक हित, संरक्षण र सुरक्षामा कुनैपनि कमि हुन नदिने बताउँदै नेतृत्व तहमा पुगेपछि उद्योगी व्यवसायीको हक हितका लागि सम्बन्धित निकायसँग सहकार्य गरी अगाडि बढ्ने भने । सरकार र नीजि क्षेत्रको सहकार्य विना देश विकास हुन नसक्ने भन्दै उनले जिल्ला, नगर र केन्द्रबिचको दुरीलाई नजिक ल्याउने समेत बताए । व्यापार संघलाई क्षमतावान् र सक्षम बनाउन आफू सधैँ लागिपर्ने उनको प्रतिबद्धता छ ।
व्यवसायिक क्षेत्रमा देखिएको व्यथिति र समस्या समाधानका लागि व्यापार संघको नेतृत्व तहमा पुगेर आफू दिनरात मिहिनेत गर्ने बताउँदै सबैजनाले आफूलाई साथ र सहयोग गर्ने विश्वास व्यक्त गरेका भने । जिल्लाका सम्पूर्ण उद्योगी व्यापारी तथा व्यवसायीहरुको हकहितको संरक्षण तथा सम्बर्द्धन गर्दै यस ठाउँको आर्थिक विकासमा सहयोग पुर्याउन आफूले भूमिका निर्वाह गर्ने साहको प्रतिबद्धता छ ।
आफू महासचिवमा विजयी भए जिल्लाका उद्योगी व्यवसायीको समस्या समाधान गर्न कुनैपनि कसर बाँकी नराख्ने उनको दावी छ । उनले भने,’मेरा प्रतिबद्धताहरु पुरा तब हुन सक्छ जब म व्यवासयीहरुको मतले विजयी हुनेछु ।
नेतृत्व तहमा पुगेपछि सम्पूर्ण व्यापारीको हितका लागि निरन्तर मिहिनेत गर्नेछु बताउंदै महासेठले यस क्षेत्रको व्यवसाय फस्टाउने र समृद्धिका लागि सबैको सहयोगको आवश्यकता छ ।
व्यवसायीहरुको एक/एक मतले यस क्षेत्रको व्यवसायिक क्षेत्रको विकासमा ठूलो परिवर्तन ल्याउनेछ । संघको हरेक क्षेत्रमा विकास र समग्रमा व्यवसायसँगै जनकपुरधाम उद्योग वाणिज्य संघको तमाम समस्या, चुनौती र अवसरहरुको सकारात्मक रूपान्तरणका लागि पूर्ण रुपले तयार रहने समेत बताए ।
उनले व्यवसायीहरु सँग आशीर्वचन स्वरूप आ–आफ्नो अमूल्य मतदान गरी आफूलाई महासचिवमा निर्वाचित गर्न सम्पूर्ण मतदातासँग निवेदन गरेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !