जनकपुरधाम, चैत २० गते । प्रादेशिक सहकारी ऐन एक हप्तापछि बन्ने प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बताएका छन् ।
६४औ राष्ट्रिय सहकारी दिवस को अवसरमा प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले भने,’ऐन अहिले प्रदेश सभामा छलफलमा रहेको छ ।

आठ ओटै जिल्लाका सहकारी अभियान साथीहरूसँग छलफल गरेर प्रदेश सभामा ड्राफ्ट गरिसकेका आउंदाे ३० गते प्रदेश सभाका बैठकमा प्रादेशिक सहकारी ऐन एक हप्ता भित्र बनिसक्ने छ’मन्त्री साहले बताए ।
सहकारी एन आइसकेपछि प्रदेश भित्र रहेको सात हजार भन्दा बढी सहकारी संस्थाहरूलाई कसरी संरक्षण , संवर्द्धन र प्रवर्द्धन गर्ने त्यो तर्फ प्रदेश सरकार आफ्नो कदम चाली सकेको मन्त्री साहले बताए ।

उनले भने झोले सहकारी भनेर नहेपौँ त्यसलाई कसरी प्रवर्द्धन गर्ने बाटो देखाउनुपर्ने तर्फ लाग्नुपर्छ । सहकारी को उद्देश्य रहेको छ , त्यो विपरीत काम गरेको पाएमा त्यो सहकारी माथि कारबाही हुने चेतावनी समेत उनले दिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !