जनकपुरधाम, चैत १४ गते । उद्योगी व्यवसायीका हकहित र संरक्षणको मुद्दा सहित चैत २८ गते हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदका उम्मेदवार मनोज कुमार साह (दवाईवाला) अघि बढेका छन ।
लोकपुकार सँग कुरा गर्दै साहले भने आफू सधैँ उद्योगी व्यवसायीको हक हितका लागि अप्रत्यक्ष रुपमा लडदै आएको छु । तर अब प्रत्यक्ष रुपमा व्यवसायीहरुको सेवा गर्न संघको निर्वाचनमा उम्मेदवारी दिएको छु ।
उनले व्यवसायीको हक हित, संरक्षण र सुरक्षामा कुनैपनि कमि हुन नदिने बताउँदै नेतृत्व तहमा पुगेपछि उद्योगी व्यवसायीको हक हितका लागि सम्बन्धित निकायसँग सहकार्य गरी अगाडि बढ्ने भने ।
सरकार र नीजि क्षेत्रको सहकार्य विना देश विकास हुन नसक्ने भन्दै उनले जिल्ला, नगर र केन्द्रबिचको दुरीलाई नजिक ल्याउने समेत बताए । व्यापार संघलाई क्षमतावान् र सक्षम बनाउन आफू सधैँ लागिपर्ने उनको प्रतिबद्धता छ । महासचिवका उम्मेदवार मनोज कुमार साह (औषधी पसल) यस क्षेत्रका सफल युवा व्यवसायी हुन् ।
उनले व्यापार संघको नेतृत्व तहमा पुगेर आफू धनुषाका सम्पूर्ण उद्योगी व्यवसायीको हकहितका लागि दिनरात मिहिनेत गर्ने बताउँदै सबैजनाले आफूलाई साथ र सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । जिल्लाका सम्पूर्ण उद्योगी व्यापारी तथा व्यवसायीहरुको हकहितको संरक्षण तथा सम्बर्द्धन गर्दै यस ठाउँको आर्थिक विकासमा सहयोग पुर्याउन आफूले भूमिका निर्वाह गर्ने साहको प्रतिबद्धता छ ।
आफू महासचिवमा विजयी भए जिल्लाका उद्योगी व्यवसायीको समस्या समाधान गर्न कुनैपनि कसर बाँकी नराख्ने उनको दावी छ । उनले भने,’मेरा प्रतिबद्धताहरु पुरा तब हुन सक्छ जब म व्यवासयीहरुको मतले विजयी हुनेछु ।
नेतृत्व तहमा पुगेपछि सम्पूर्ण व्यापारीको हितका लागि निरन्तर मिहिनेत गर्नेछु बताउंदै मनोजले भने,‘संघको नेतृत्व तहमा पुगेपछि यस क्षेत्रको व्यवसायको प्रत्यक्ष लाभका साथै सबैको साथ सबैको विश्वासका साथ संघको हरेक क्षेत्रमा विकास र समग्रमा व्यवसायसँगै जनकपुरधाम उद्योग वाणिज्य संघको तमाम समस्या, चुनौती र अवसरहरुको सकारात्मक रूपान्तरणका लागि पूर्ण रुपले तयार छु ।’
उनले आशीर्वचन स्वरूप आ–आफ्नो अमूल्य मतदान गरी आफूलाई महासचिवमा निर्वाचित गर्न सम्पूर्ण मतदातासँग सविनय निवेदन गरेका छन् । उद्योगी व्यवसायीको हक हित र सुरक्षामा आफू तथा संस्था सधैँ लाग्ने समेत उनले प्रतिबद्धता जनाएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !