जनकपुरधाम, चैत ११ गते। धनुषा जिल्लाको सबैला नगरपालिकामा जनप्रतिनिधिहरूले नै तालाबन्दी गरेकाे छ ।
मेयरकाे मनमानी विरूद्ध बुधवार धनुषाकाे सबैला नगरपालिकाका १३ वटै वडाका वडाध्यक्ष, उपमेयर र कार्यपालिका सदस्यहरुले सँयुक्त रुपमा तालाबन्दी गरेका हुन ।

तालाबन्दी गरिएपनि नगरपालिकाको प्रशासनीक र दैनिक काम कार्य भने सुचारु नै रहनेछ भने बाँकीका कार्यहरुमा अवरोध गरिने जनाएको छ ।
नगर प्रमुख विजय शँकर प्रसाद साहले कार्यपालिका सदस्य तथा वडाध्यक्षहरुलाई आफनै मनमानी ढंगले एकलौटी रुपमा कार्य सँचालन गर्न खोजेको भन्दै नगरपालिकामा तालाबन्दी गरिएको उपमेयर निलुदेवी कापर ले जनाएकाे छ ।
आर्थिक वर्ष २०७७/०७८ को नगर सभा गरेपनि अहिलेसम्म योजना किताब उपलब्ध नगराएको भन्दै योजनाहरु विनियोजन भएपनि योजना संचालन गर्न कार्यदेश नदिएको र शिक्षा समितिमा एकलौटी गर्दै आएकाे आराेप उनीहरूले तालाबन्दी गरेको जनाइएकाे छ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !