जनकपुरधाम, चैत ९ गते । सर्लाहीबाट प्रहरीले १५ केजी गाँजा सहित तीनजना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अटो चालक लालबन्दी नगरपालिका १७ का ४५ वर्षीय पुष्प बहादुर फुँयाल, अटोमा सवार ४० वर्षीय सुरेन्द्र कुमार बल र वडा नं. १४ का ४१ वर्षीय पाल्साङ पाख्रीङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका जनाएको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले तीनै जनालाई विशेष सुराकीको आधारमा लालबन्दी नगरपालिका वडा नं. १७ रानीगन्ज स्थित परवानीपुर देखी रानीगन्ज तर्फ चलाई ल्याइएको ज.१ ह. ४६०९ नं. को अटोलाई चेकजाँच क्रममा पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार अटोबाट भित्र ३ वटा प्लास्टिकको पोकामा १५ किलो गाँजा र पक्राउ परेका मध्ये सुरेन्द्र बलको साथबाट २५ हजार रुपैया बरामद गरेको हो ।
पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी थप अनुसन्धान थालेको सर्लाही प्रहरीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !