जनकपुरधाम, चैत ३ गते । प्रदेश २ काे राैतहटमा काेराेना खाेप लगाएकाे ८ घण्टापछि एक वृद्धाकाे मृत्यु भएकाे छ ।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर–३ मलाही बस्ने ७१ वर्षीया धनमन्ती देवी मलाहको काेराेना खाेप लगाएकै कारण मृत्यु भएको परिवारजनले आराेप लगाएकाे छ ।
खोप लगाएकाे केही समयपछि ज्वरो र श्वासप्रश्वासमा समेत कमि भई लगातार वान्ता भएपश्चात मृत्यु भएको उनका छोरा भविक्षण सहनीले बताए ।
उनका अनुसार फागुन २४ गते दिउँसो करिब अढाई बजे स्थानीय मलाही स्वास्थ्य चाैकीमा खोप लगाएर घर फर्के लगतै ज्वराे आएकाे र श्वास प्रश्वासमा कमी र लगातार वान्ता हुँदै करीब साढे १० बजे राति मृत्यु हुन गयाे ।
घटना पश्चात् करीब २/३ घण्टा हाे हल्ला पश्चात जिल्ला स्वास्थ्य कार्यालयका टाेली र गरूडा प्रहरी चाैकी पुगेर निरिक्षण समेत गरेका थिए ।

अनुसन्धानका सुशील पाण्डे सहितका व्यक्तिले वृद्ध शरीरलाई पाेष्टमार्टम किन गराउने सम्बन्धित जिल्ला प्रहरी र सिडियाेलाई घटना बारे जानकारी गराइ सकिएकाे भनी शवकाे पाेष्टमार्टम गराउन दिएन । दाहसंस्कारपछि सहयाेगका लागि कुनै पहल नभएकाे उनले गुनासाे गरे ।
पिडीत परिवारले काेराेना भ्याक्सिन लगाएकै कारण मृत्यु भएकाे आराेप लगाइरहेका छन भने समुदायमा त्रास नफैलाेस उद्देश्यले सम्बन्धित निकाय घटना लुकाउन खाेजिरहेका छन ।
घटना बारे रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अनभिज्ञता प्रकट गर्दै आफुलाई थाहा नभएकाे बताएका छन् । उनले भने रौतहटमा यस्तो कुनै घटना भएको आफ्नो जानकारीमा नरहेको बताए ।

प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठले पनि आफुलाई थाहा नभएकाे बताए । अनुसन्धानका सुशील पाण्डे भन्ने व्यक्तिले आफुलाई यश घटनामा मुछने प्रयास गर्ने भइरहेकाे भन्दै खुलेर कुरा गर्न चाहेन । घटना बारे आफुलाई जानकारी भएपनि कसैलाई कुनै सहयाेग गराई दिने प्रतिबद्धता नजनाएकाे भने ।
उनले भने फोन मार्फत आफूले मृतकका छोरा भविक्षण सँग घटना के कसरी भयो बारे जानकारी मात्र लिएको थियो । भविक्षणले के कसरी हुन्छ भन्दा आफूले प्रहरी निकायलाई जानकारी दिनु भन्ने सल्लाह दिएको थिए पाण्डेले भने ।
प्रशासनिक निकायले घटना लुकाउन खाेजेपनि प्रदेश स्वास्थ्य निर्देशनालयले घटना सत्य हाे भन्ने कुरा घुमाउराे पारामा स्वीकार गरेका छन ।
निर्देशनालयका निमित्त निर्देशक विजय झाले भने काराेना मृत्यु खोप लगाएकाे दिन धनमन्तीकाे मृत्यु भएकाे हाे तर खाेपकै कारण मृत्यु भएकाे हाेइन ।
उनले भने,‘कोरोनाविरुद्धको भ्याक्सिन लगाएपछि त्यसको असर आधा घण्टामै देखिने भएकोले मृतकमा त्यस्तो कुनै लक्षण आधा घण्टाभित्र देखिएको थिएन । त्यसैले उनको मृत्युको कारण भ्याक्सिन नै हो भन्न मिल्दैन ।
यद्यपी घटना सम्बन्धमा हामीले केन्द्रमा जानकारी गराईसकेका छौं यश विषयमा केन्द्रले नै जाँच गर्नेछ झाले भने ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !