जनकपुरधाम, चैत १ गते । सिरहाकाे लहानस्थित मालपाेत कार्यालयमा भएकाे बम विस्फाेटकाे जपम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएकाे छ।
घटनाकाे केही समयपछि गोइतले प्रेस विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएका हुन्। उनले स्वतन्त्र मधेश नभएसम्म आन्दाेलन जारी रहने चेतावनी समेत दिएका छन ।

मधेश स्वतन्त्र देश हुनु पर्ने माग राख्दै २०६१ सालदेखि सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेशमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गराएको कुरा विज्ञप्तिमा भनिएकाे छ ।
गाेइतद्वारा हस्ताक्षरित साे विज्ञप्तिमाअहिले उत्पन्न परिस्थितिको जिम्मेवार नेपाल सरकार र प्रदेश सरकार हुने पनि उल्लेख गर्दै ती अवस्थामा सुधार नआए यसभन्दा पनि उच्च स्तरको कारवाही गर्ने चेतावनी दिइएकाे छ ।
गोइत समूहका नेता रामविलाश यादवले आत्मसमर्पण गरेकाे केही घण्टापछि दिउँसो करिब १२ बजेर ४० मिनेटको बम विस्फोट भएको थियो।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !