जनकपुरधाम, फागुन २८ गते । कोभिड १९ ले प्रभावित अति विपन्न परिवारहरुको आयआर्जन तथा आत्मनिर्भर बनाउन सामुदायिक सुधार केन्द्र (सीआईसी) ले तरकारी खेती गराएका छन ।
यूएनडिपीको आर्थिक सहयोगमा सीआईसीले कोभिड नियन्त्रणका लागि गरिएको लकडाउनले प्रभावित गणेशमान चारनाथ नगरपालिकाका अतिविपन्न तथा गरीब किसान परिवारहरुको जिविकोपार्जनमा टेवा पुरयाउन खेतीका लागि बिउविजन लगायतका समाग्री उपलब्ध गराई सहयोग पुरयाएका छन ।
सो क्षेत्रका कृषहहरुले आफै बेर्ना उत्पादन नगरि नजिकको हाट बजारबाट खरिद गरि खेतीगर्दै आइरहेकोमा लकडाउनले तिनीहरुको तरकारी खेतीमा नाकारात्मक असर परेको थियो ।
सो कुराको दृष्टिगत गर्दै सामुदायिक सुधार केन्द्रले गणेशमान चारनाथ नगरपालिकाका विभिन्न वडाका कोभिडबाट प्रभावित विपन्न तथा अतिबिपन्न परिवारहरुलाई आत्मनिर्भर बनाउन आफ्नो प्रविधिकहरु मार्फत तरकारी बीउ लगायतका अन्य सामाग्रिहरु सिआईसीले उपलब्ध गराउको हो ।
बेर्ना उत्पादनमा आत्मनिर्भर बनाई तरकारी खेतीमा प्राविधिक सहयोगले हुने उत्पादनबाट ती किसानले लाखौ रुपैया आम्दानी गर्न सक्ने भएको हुनाले तिनीहरुको आयआर्जनमा कोसेढुंगा साबित हुने सिआईसीको विश्वास छ ।
गणेशमानचारनाथ नगरपालिकाको कार्य क्षेत्र भित्र लक्षित वर्गमा ७ वटा प्लाष्टिक टनेलमा संस्थाले सहयोग गरेर गुणस्त्तरीय स्वस्थ्य तरकारीको बेर्नाहरु समेत उत्पादन गरी समुदायका कृषकहरुको बेर्नाको माग आपुर्ति समेत भएको परियोजना संयोजक रामदुलार यादवले बताएका छन ।
अगामी दिनमा समेत परियोजनाको सहयोगको अपेक्षा राख्दै आफूलाई चाहिने तरकारीको बेर्ना आफै उत्पादन गर्ने र बजारको भरमा न बस्ने सहित परनिर्भरता अन्त्य हुने किसानहरुले प्रतिबद्धता किसानहरुले व्यक्त गरेको कुरा परियोजना संयोजक यादवले बताएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !