Thursday, August 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार, राज्यमन्त्री भन्छन गलत हल्ला फैलाइयाे


राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार, राज्यमन्त्री भन्छन गलत हल्ला फैलाइयाे

जनकपुरधाम, फागुन २१ गते । जिल्ला सहकारी संघका पदाधिकारीहरुले प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवमाथि कुर्सी प्रहार गरेको छ ।

जनकपुरधाममा शुक्रवार आयोजित जिल्ला सहकारी संघ धनुषाको साधारण सभामा प्रमुख अतिथिको रुपमा मनतव्य दिइरहेको क्रममा सहकारीका असन्तुष्ट पक्षले कार्यक्रमको विरोध गर्दै राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार गरिएकाे भनिएकाे छ ।

घरभाडा, अनुदान वापत आएको रकम, जगेडामा रहेको रकम र जग्गा विक्रीबाट आएको लगायतका रकमको हरहिसाब र चल अचल सम्पति सार्वजनिक गर्न मांग गर्दै रामबाबु यादव समूहले कुर्सी प्रहार गरेका हुन ।

असन्तुष्ट पक्षका सहकारी सदस्य संजय साहले संचारकर्मीसँग कुरा गर्दै भने वर्षौदेखि गरिदै आएको करोडौ रुपैया हिनामिना लुकाउन गोप्य रुपमा अर्का समूहले मन्त्रालयलाई प्रभावमा पारी अवैधानिक रुपमा साधारण सभा गर्न गइरहेकोमा हामीले विरोध गरेका हौं, सोही क्रममा कुर्सी फेकाफेक हुँदा राज्यमन्त्रीमाथि प्रहार भएको हो ।

उनले भने संघको विवाद बारे राज्यमन्त्रीलाई शुरुदेखि थाहा थियो, तर पनि हामीले हरहिसाब सार्वजनिक गराएर मात्रै साधारण गराउन भनेका थियौं । राज्यमन्त्रीजीले पनि विवाद समाधानपछि मात्रै साधारण सभा हुने प्रतिबद्धता जनाएका थिए । तर बिहान हामीलाई झुक्याएर गोप्य रुपमा कार्यक्रम गर्न लाग्दा थाहा पाएपछि हामीले रोक्न खोज्दा नमानेपछि कुर्सी फ्याकेर विरोध जनाउंदै कार्यक्रम भांडेका हौं ।

चरित्र हत्या गर्न गलत हल्ला फैलाइयाे : राज्यमन्त्री

घटना सम्बन्धमा राज्यमन्त्री यादवले आफुमाथि कुर्सी प्रहारकाे कुरा गलत अफवाह रहेकाे र चरित्र हत्या गर्न भ्रामक हल्ला भएकाे राज्यमन्त्री यादवले बताएका छन ।

लाेकपुकारसंग कुरा गर्दै उनले भने संघकाे पदाधिकारीबीच हरहिसाबका लागि पुरानाे विवाद रहेकाे हाे हल्ला भएकाे थियाे । उहांहरूलाई सम्झाई बुझाई हल्ला शान्त गरियाे तर आफू वा कसैमाथि कुर्सी प्रहार लगायतका भएकाे छैन ।

संघमा विवाद छ कार्यक्रममा नआउनु भन्ने जानकारी पहिला असन्तुष्ट पक्षले गराएकाे भन्ने जिज्ञासामा उनले भने प्रमुख आतिथ्यका लागि ५ दिन अघि नै आमन्त्रण गरिएकाे थियाे, उहांहरूबीच विवाद छ भन्ने कुरा थाहा थिएन ।

हिजाे संजय साह संघका पदाधिकारीले आफुलाई विवाद बारे जानकारी गराउंदा तपाईहरू छलफलबाट निकास निकाल्नु भनेकाे थिए । आज बिहान संजय संग साेध्दा हामी बीच छलफल भईरहेकाे छ जनाएकाे थियाे । कार्यक्रममा संघका पदाधिकारी केही बाहिरी व्यक्तिले गरेकाे उनले बताए ।

हरियौत समूहद्वारा करोडौ रुपैया भ्रष्टाचार

सहकारी संघमा गत २४ वर्षदेखि एउटै व्यक्ति हरिन्द्र हरियौत अध्यक्ष रहेको र त्यसले हरहिसाब हालसम्म नगरेको कारण संघमा विवाद रहेको छ । वर्षौ वर्षसम्म एउटै व्यक्ति अध्यक्ष हुन पाउंदैन भनी गतवर्ष फागुन २३ गते सर्वसम्मतले रामबाबु यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो ।

संघका अध्यक्ष रामबाबु यादवले ७९ शेयर सदस्य मध्ये ७० जना र ५ वटा विषयगत संघ मध्ये ४ वटा आफ्नो पक्षमा रहेको छ । यस्तो अवस्थामा फर्जि सदस्यहरु खडा गरी संघका निवर्तमान अध्यक्ष हरिचन्द्र हरियौत नेतृत्वको समूहले गरेको भ्रष्टाचार लुकाउन गोप्य रुपमा साधारण सभा गर्न लाग्दा आफूहरुले विरोध गरेको बताए ।

उनले भने, संघमा १ लाख ३२ हजार प्रति महिना घरभाडा आइरहेको छ, राष्ट्रिय सहकारी बोर्डबाट अनुदान वापतको प्रति वर्ष आउने २० लाख रुपैया सहित २४ वर्षसम्मको करोडौ रुपैयाको हरहिसाब मांग्दा सार्वजनिक गरिरहेको छैन ।

त्यो रकम बाहेक निवर्तमान अध्यक्ष हरियौत र जिल्ला वचत सहकारी संघ धनुषाका अध्यक्ष ध्रुवनारायण यादव लगायतका पदाधिकारीमाथि सहकारी जगेडा कोषको ४७ लाख रुपैयाका साथै संघको १७ धुर बेचिएको जग्गा रकम हिनामिना गरेको आरोप अध्यक्ष यादवको रहेको छ ।

साधारणसभामा संघमा आबद्ध ७९ जना शेयर सदस्य मध्ये ९ जनालाई मात्रै कार्यक्रम बारे जानकारी गराइएको थियो । बाँकी सबै सदस्यहरु रामबाबुको पक्षमा रहेको बताइएको छ । रामबाबु पक्षले फागुन २४ गते राष्ट्रिय सहकारी महासंघको आतिथ्यमा अर्को साधारणसभा गर्ने शेयर सदस्य संजय कुमार साहले जानकारी दिए ।

रामबाबुको पक्षमा संघका मत्स्य सहकारी संघ, कृषि सहकारी संघ, उखु सहकारी संघ र दुग्ध सहकारी संघ सहित ४ वटा विषयगत संघ रहेको छ भने मन्त्रालयका मतियारको रुपमा रहेका हरियौतको पक्षमा ध्रुवनाराय यादव नेतृत्वको जिल्ला बचत ऋण तथा सहकारी संघ मात्र रहेका छन । कार्यक्रममा ध्रुवनारायण बाहेक कसैलाई जानकारी गराइएको थिएन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ फाल्गुन २१, शुक्रबार २०:४४
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ फाल्गुन २१, शुक्रबार २०:४४
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ फाल्गुन २१, शुक्रबार २०:४४
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ फाल्गुन २१, शुक्रबार २०:४४
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ फाल्गुन २१, शुक्रबार २०:४४
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ फाल्गुन २१, शुक्रबार २०:४४

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव