जनकपुरधाम, फागुन २० गते । प्रदेश २ काे विकासमा प्रमुख बाधक संघ र प्रदेश सरकार नै रहेकाे आराेप उद्योगपति एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले लगाएका छन ।
बुधवार जनकपुरधाममा आयाेजना भएकाे साहित्य महाेत्सवमा बाेल्दै उद्याेगपति चाैधरीले भने व्यापारको उदग्म स्थलको रुपमा जनकपुरधामकाे विकासका लागि लगानी भित्रिउन खाेजेकाे थिए तर संघ र प्रदेश सरकारकाे खिचातानीले गर्दा गर्न सकिएन ।
कार्यक्रमकाे प्रमुख वक्ताकाे रूपमा रहेका चाैधरीले संघ सरकार र प्रदेश सरकारको विवादको कारण यहाँ व्यवसायीहरु लगानी गर्न चाहेपनि गर्न नसकिरहेकाे भने ।
उनले भने, मुलुकमा संघीयता आएपछि विकास गर्ने क्रममा यसै प्रदेशबाट सुरु गर्ने मानसिकताको साथ २ सय मेगावाटको सोलार पावरको प्रोजेक्ट सञ्चालन गर्न चाहे तर सहयाेग नपाएपछि आफुलाई पछि हटनु परयाे ।
प्रदेशका मंत्रीजी र लगानीकर्ता बिच सम्झौता पनि गरायौँ तर दुर्भाग्यवस प्लान्ट सञ्चालनको लागि जग्गा उपलब्ध गराउने अधिकार संघको हो कि प्रदेशको यसै पिवादमा प्रोजेक्ट नै रोकिन गयाे।
उनले भने व्यापार व्यवसायको उद्गम स्थलको रुपमा यो प्रदेश रहेको भन्दै यहाँ व्यापार गर्ने सम्पूर्ण वातावरण भएकोले यहाँ आफूहरु लगानी गर्न तयार छु।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !