Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

उद्देश्यविहिन साहित्य महाेत्सव : उद्याेगपतिदेखि राजनितीकर्मी र कलाकारकाे जमर्काे

लगानीकर्तालाई भीड देखाउन यस्ताे उपस्थिति गराउनुपर्ने बाध्यता आयाेजककाे भनाई


उद्देश्यविहिन साहित्य महाेत्सव : उद्याेगपतिदेखि राजनितीकर्मी र कलाकारकाे जमर्काे

जनकपुरधाम, फागुन १८ गते । नव मिथिला फाउण्डेशनका आयाेजना जनकपुरधाममा बुधबारदेखि आयाेजना हुन लागेकाे साहित्य नाम दिइएकाे महाेत्सवमा उद्याेगपतिदेखि राजनितीकर्मी र कलाकारहरूकाे जमर्काे हुने भएकाे छ ।

मंगलवार आयाेजक समितिले एक पत्रकार सम्मेलन आयाेजना गरि जनकपुर साहित्य महाेत्सवमा उद्याेगपति विनाेद चाैधरीदेखि पुर्व राष्ट्रपति डा. रामवरण यादव, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, नेता गगन थापा, कलाकार राेश हमाल, मनिषा काेइराला, रविनद्र झा र पत्रकारहरूकाे उपस्थिति तथा उनीहरूसंग विभिन्न विषयवस्तुमा सम्वाद र बहस हुने जानकारी दिए ।

साहित्य महाेत्सव भनिएकाे कार्यक्रममा विषय संग मेलखाने कार्यक्रम गर्नु र व्यक्तिकाे सम्वाद वा मन्थनकाे के आवश्यकता भन्ने जिज्ञासामा आयाेजक पक्षकाे तर्फबाट मनिष झाले खर्च जुटाउनका लागि लगानीकर्ताहरूलाई भीड देखाउन यस्ताे गर्नु परेकाे बताए ।

उनले भने महाेत्सवमा ४२ लाखकाे खर्च इस्टीमेट छ, लगानी गर्नेहरूलाई खल्लाे देखाउन मिलेन त्यही भएर कला र संस्कृतिसंग जाेडिएका कार्यक्रम राखेर कलाकाहरूलाई आमन्त्रण गरिएकाे हाे ।

झण्डै आधा कराेड रूपैयाकाे लागतमा आयाेजना हुने साहित्य महाेत्सवमा साहित्यसंग जाेडिएका कविता, आख्यान, निबन्ध, कथा, दर्शन, संस्कति, धराेहर लगायतका विधामा लिखित कृति तथा रचनाकाे प्रस्तुति, अवलाेकनका लागि स्टल वा साहित्य लेखनमा आधुनिकीकरण र त्यसकाे संरक्षणमा सम्वाद बहस नगरी राजनीतिक कार्यक्रम मंच बनाउनु कुराले महाेत्सवकाे चर्काे आलाेचना हुन थालेकाे छ ।

जनकपुरधामका स्थानीय हरिनारायण यादवले भने साहित्य भनिएकाे महाेत्सवमा साहित्यमै केन्द्रित भएर हुनु परयाे, तर आयाेजक पक्षले पैसा कमाउने उद्देश्यले भीड जुटाउन राजीतिक, व्यवसायिक मंच बनाएर कलाकारलाई प्रयाेग गर्नु भनेकाे साहित्यलाई कलंकित गर्ने हाे ।

त्यस्तै अर्का स्थानीय विसुन साहले भने देशमै साहित्यकाे उद्गम स्थलकाे रूपमा जनकपुरधाम रहेकाे, साधु समाज सहित यहाँ सयाैं साहित्यकारकाे कृतिहरू छन जुन लाेप हुने अवस्थामा छन तिनीहरूकाे संरक्षण उद्देश्यले प्रचार प्रसार जरूरी छ । कयाैं प्रतिभावान साहित्यकारहरू छन ।

तिनीहरूकाे प्राेत्साहन स्वरूप कृति प्रकाशनमा सहयाेग गर्नु आवश्यक छ न कि साहित्यकाे नाममा लाखाै खर्चेर राजनीतिक तथा कलाकारहरूकाे मंचीय कार्यक्रम बनाउनु भनी उनले आलाेचना गरेका छन ।

जानकी मन्दिरको प्राङ्गणमा शुभारम्भ हुने उदघाटन सत्रमा प्रमुख अतिथीकाे रूपमा पुर्व राष्ट्रपति डा. रामवरण यादव, विशिष्ट अतिथिकाे रूपमा मुख्यमन्त्री लालबाबु राउत, प्रमुख वक्ताकाे रूपमा उद्याेगपति विनाेद चाैधरी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशाेर साह र उपमेयर रीता मिश्र लगायतका व्यक्तीहरूकाे उपस्थिति रहने छ ।

साहित्य महाेत्सव भनिएकाे कार्यक्रम साहित्यकार बिना नै शुभारम्भ हुने कुराले समेत आयाेजक विभिन्न पक्षबाट आलाेचित हुन थालेका छन ।

पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरूले जनकपुरमा अनेकानेक साहित्य र साहित्यकार हुंदाहुंदै बाहिरका कृति र व्यक्तिसंग सम्वाद र कुनै एक विशेष दलकाे नेताहरूलाई कार्यक्रम सत्रमा समावेश गर्नु भनेकाे जनकपुरमा काठमाडाै केन्द्रित सता स्थापित गराउनु र दलीय प्रचार गर्न खाेजिएकाे भनी आलाेचना गरेका थिए ।

यस्ताे छ साहित्य महाेत्सव भनिएकाे कार्यक्रम

नवमिथिला फाउन्डेसनको आयोजनामा फागुन १९ देखि २२ गतेसम्म हुन लागेको जनकपुर साहित्य महोत्सवमा हुने १५ वटा विभिन्न सत्रहरुमा ४५ जना वक्ताहरुको सहभागिता रहनेछ पहिलाे उद्घाटन सत्रमै सिमित हुनेछ ।

दाेश्राे दिन – महोत्सवको औपचारिक सत्र जानकी मन्थन शिर्षकबाट हुनेछ। जसमा नेपाली कांग्रेसका नेता प्रदीप गिरी, राजनीतिक विश्लेषक सीके लाल, मैथिलीका बरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, भारतका साहित्यकार डा आशा प्रभाले आ-आफ्नो विचार राख्नेछन्।

‘जाऔँ जनकपुर सुदर्शनजीसँग’ शिर्षकमा जनकपुरधामको पहिलो टुरिष्ट गाइड सुदर्शनलाल कर्णसँग मानसी अग्रवालले कुराकानी गर्नेछिन्। प्रविधि र संस्कृति विषयक सत्रमा विश्वास ढकाल र डा भोगेन्द्र झाले आफ्नो मत राख्नेछन्।

साहित्यको सीमाञ्चल सत्रमा भारतका मनोज कुमार सिंह, राजा पुनियानी, धनगढीका साहित्यकार रामलाल जोशी, जनकपुरका साहित्यकार अशोक दत्तको सहभागिता रहनेछ जसमा सहजकर्ताको भूमिका सञ्चारकर्मी एवं साहित्यकार चन्द्रकिशोरले गर्नेछन्।

‘राजनीतिको राग कहाँदेखि कहाँसम्म’ सत्रमा नेपाली कांग्रेसको उपसभापतिसँग सञ्चारकर्मी सुधीर शर्माले कुराकानी गर्नेछन्।

‘किताब : वर्णदेखि वस्तुसम्म’ सत्रमा कल्पना ढकाल, भुषिता वशिष्ठ, राजिवधर जोशी, गणेश लाठको सहभागिता रहने छ।

तेस्रो दिन – मैथिली मिठास सत्रमा परमेश्वर कापडि र डा कुलप्रसाद कोइरालाबीच सम्वाद हुनेछ ।

‘देश मधेश : गन्थन मन्थन’ शिर्षकको सत्रमा सीके लालसँग सुजित महतले कुराकानी गर्ने छन्। देशमा संघीयता आइसकेपछि प्रदेशका मुख्यमन्त्रीले काम गर्ने क्रममा भोगेका पीडाहरु उजागर गर्ने उद्देश्यले मुखियाको पीडा शिर्षकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो विचार राख्नेछन् ।

भविष्यको राजनीति र राजनीतिको भविष्य विषयक सत्रमा सांसद गगन थापा, रामकुमारी झाँक्री, रविन्द्र मिश्र, तुलानारायण साहको सहभागिता रहने छ।

दर्शनमा आधारित भएर स्वतन्त्र समाज र विचारहरु विषयक सत्रमा साहित्यकार रोशन जनकपुरीसँग अमित ढकालले कुराकानी गर्नेछन् ।

चौथो अर्थात अन्तिम दिन – पहिलो सत्र वैदेहीहरु रहने छ भने त्यस लगत्तै आआफ्नै कथा शिर्षकमा गन्थन मन्थन गरिने छ।

सोही दिन ‘सिनेमाको रंग’ सत्रमा नेपाली चलचित्रका महानायक राजेश हमाल, मनिषा कोइराला, रविन्द्र झा, अनुप बराल लगायतका कलाकारहरुको सहभागिता रहनेछ।

‘सम्पादनको सकस’ नामक सत्रमा सम्पादनको कला तथा सम्पादनको क्रममा हुने समस्याहरुको विषयमा छलफल गरिने छ। त्यस्तै, ‘अन्तरवार्ताकारहरुको अन्तरवार्ता’ विषयक सत्रमा भूषण दहाल, दिलभूषण पाठक, आरती चटौत, डा नवराज लम्सालको अन्तरवार्ता रुपेश श्रेष्ठले लिनेछन्।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७७ फाल्गुन १९, बुधबार ०८:१९
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७७ फाल्गुन १९, बुधबार ०८:१९
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७७ फाल्गुन १९, बुधबार ०८:१९
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७७ फाल्गुन १९, बुधबार ०८:१९
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७७ फाल्गुन १९, बुधबार ०८:१९
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७७ फाल्गुन १९, बुधबार ०८:१९

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव