जनकपुरधाम, फागुन १३ गते । देशभरका दुई लाख ७५ हजार कर्मचारीको कर्मचारी चेक माध्यमबाट हुँदै अएको सञ्चयकोषको भुक्तानी अब विद्युतीय माध्यमबाट हुने भएको छ ।
रुपमा विद्युतीय सरकारी लेखा प्रणाली(सीजीएएस) मार्फत विद्युतीय कोष हस्तान्तरण (इएफटी) बाट भुक्तानी हुने प्रणालीको मन्त्रालयका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक मधुकुमार मरासिनीले संयुक्त शुभारम्भ गरेका हुन् ।
यो माध्यमले संचयकर्ताको खातामा सिधै रकम जाने हुँदा अब सञ्चय कोष रकम व्यक्तिगत खातामा जम्मा नहुने, हराउने, दोहोरो प्रविष्टि हुने, घटी–बढी दाखिला हुने तथा एकै व्यक्तिका धेरै वटा खाता रहने जस्ता समस्या हटेर गएको छ ।
नेपाल सरकार तथा सातै प्रदेश सरकारका निकायमा कार्यरत कर्मचारीको सञ्चयकोष, निवृत्तभरण कोष तथा कर्मचारी सञ्चय कोष सापटी भुक्तानी रकम कारोबारको बास्तविक समयमा नै व्यक्तिगत खातामा विद्युतीय माध्यमबाट लेखाकंन हुनेछ ।
कोषका अध्यक्ष रामशरण पुडासैनीले प्रणालीको विकासले सरकारी लेखा प्रणालीको सुधारमा ईटा थप्ने काम गरेको बताउंदै सञ्चयकोष रकम कारोबारको बास्तविक समय नै सञ्चयकर्ताको खातामा प्रविष्ट हुने भएकोले सञ्चयकर्ताले छिटो, छरितो र प्रभावकारी सेवा प्राप्त हुने भने ।
महालेखा नियन्त्रक मधुकुमार मरासिनीले यो प्रणालीले सरकारको डिजिटल गभर्नेन्स कार्यान्वयनमा ठूलो सहयोग पुग्ने बताए । उनले यस किसिमको प्रणालीको विकासले पारदर्शिता कायम गर्ने कार्यमा समेत सघाउ पुग्ने बताए । हाल संघीय तथा प्रदेश सेवा अन्तर्गतका निजामती, प्रहरी र जंगीतर्फ करिब २ लाख ७५ हजार सञ्चयकर्ता यस प्रणालीबाट लाभान्वित हुने दावी कोषको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !