चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४ सय भन्दा बढी वैदेशिक रोजगारमा रहेका नेपालीको मृत्यु भएको छ ।
खाडी मुलुकमा मेहनत गरेर वार्षिक खर्बौ रुपैया रेमिन्टास दिने वैदेशिक रोजगारमा रहेका ४ सय १३ जना नेपाली जनताको चालु आ.ब. को साउनदेखि पुस मसान्तसम्म मृतयु भएको हो ।
मृत्यु भएका मध्ये ४ सय ६ पुरुष र ७ जना महिला रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका अनुसार पछिल्लो चार वर्षमा वैदेशिक रोजगारमा दुई हजार ६ सय ४३ जनाको वैदेशिक रोजगारीमा मृत्यु भइसकेको छ । बोर्डका प्रवक्ता दीनबन्धु सुवेदीले वैदेशिक रोजगारीमा मृत्यु भएका नेपालीहरूको शव परिवारको चाहना बमोजिम नेपाल ल्याउने वा उतै अन्त्येष्टी गर्ने काम भइरहेको बताए ।
आर्थिक वर्ष २०७५।७६ मा सरकारले पाँच वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा गरेको थियो । बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने भनिएपनि स्वदेशमा रोजगारी सिर्जना गर्न सरकारले कुनै पहल गर्न सकेको छैन ।
गत आर्थिक वर्षमा र यस वर्ष भने कोरोना भाइरस महामारीका कारण वैदेशिक रोजगारमा जानेहरूको संख्या घटेको छ । कोभिड–१९ महामारीपछि श्रम गन्तव्यहरूमा रोजगारी गुमाएर ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्कने अनुमान गरिएको थियो । कोरोना महामारीका कारण चालु आर्थिक वर्षमा रेमिन्टासमा निकै कमी आएपनि कोरोना नियन्त्रण हुँदै गएपछि वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि पुनः रेमिन्टासमा वृद्धि हुने अर्थशास्त्री केशव आचार्य बताए ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४ अर्ब ९५ अर्ब रुपैया रेमिन्टास भित्रिएको छ । गत वर्ष कुल रेमिट्यान्स आप्रवाह ८ खर्ब ७५ अर्ब रुपैयाँ थियो । त्यसअघि आर्थिक वर्ष २०७५–७६ मा (महामारीको प्रभाव नहुँदा) पनि वार्षिक कुल रेमिट्यान्स ८ खर्ब ७९ अर्ब रुपैयाँ भित्रिएको थियो ।
चालु आ.ब. मा ३० हजार ८ सय ३७ वैदेशिक रोजगारमा नवप्रवेशीका रूपमा बाहिरिएका छन् भने ४१ हजार ५ सय २९ ले नवीकरण गरी वैदेशिक रोजगारमा गएका छन् । सरकारले दक्षिण कोरिया लगायत मुलुकमा कोभिड–१९ को प्रभाव सामान्य हुँदै गएपछि लकडाउनकै बीचमा पनि जहाज चार्टर गरेर कामदार पठाउन सक्ने व्यवस्था गरेको थियो ।
आ.ब. २०७४–७५ देखि वैदेशिक रोजगारमा मृत्यु भएका कामदारका परिवारले बीमा बापत् १४ लाख रुपैयाँ र वैदेशिक रोजगार बोर्डबाट क्षतिपूर्तिबापत् ७ लाख रुपैयाँ गरी कम्तीमा २१ लाख रुपैयाँ पाउने व्यवस्था कार्यान्वयनमा रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !