जनकपुरधाम, फागुन ११ गते । दुईजना हुण्डी कारोबारीलार्य धनुषा प्रहरीले साढे २५ लाख रुपैया सहित पक्राउ गरेको छ ।
जिल्लाको सीमावर्ती क्षेत्र जटही नाकाबाट महोत्तरीको टेन्ट ब्यवसायी संजय साह र भारत पिपरौनका सुमित यादवलाई हुण्डी कारोबारी आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिएका छन ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले साढे २५ लाख हुण्डी रकमसहित नेपालबाट भारततर्फ जाँदै गर्दा जटही नाकाबाट पक्राउ गरिएको हो ।
तिनीहरुबाट प्रहरीले एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत बरामद गरिएको छ भने थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !