जनकपुरधाम, फागुन १० गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संरक्षणको जिम्मेवारी आफ्नो काँधमा आएको बताएका छन ।
सोमबार जनकपुरधाममा अध्यक्ष यादवले आफै लेखेको समाजवादी लोकतन्त्र पुस्तकको उर्दु संस्करणको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै भने हिजोका दिनमा संविधानको दुहाई दिनेहरु नै समाप्त पार्नेमा लागेपछि अब त्यसको संरक्षणको जिम्मेवारी आफ्नो काँधमा आएको छ ।
उनले भने ‘प्रधानमन्त्री ओली यो संविधानलाई विश्वकै उत्कृष्ट संविधान भन्दै थाक्दैन थिए तर आज हेर्नुस उनी नै संविधान समाप्त पार्न खेलमा जुटेका छन । संविधानमा हाम्रो असहमति थियो, आन्दोलन पनि गरियौं । तर जनताले विभिन्न आन्दोलन पश्चात धेरथोर पाएको उपलब्धी जोगाउन आज आन्दोलनमा होमिनु परेको छ ।
पुर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवे भने संविधानका केही बुँदामा आजपनि हाम्रो असहमति हो, केही अधिकार छुटिएका छन ती सबैलाई संशोधन सहित समावेश गर्न हाम्रो आन्दोलन जारी नै रहनेछ तर पाएको उपलब्धी जोगाउन जनताको उतिकै दायित्व हो, ओलीको प्रतिगमन विरुद्धको आन्दोलनमा सहयोग गर्न आग्रह गरे ।
उनले भने ‘संघिय प्रणाली जसमा पृथकतावादीको स्थान हुँदैन, जसमा अधिक व्यक्तिलाई अवसर दिइन्छ त्यस्तो प्रणाली समाप्त पार्ने ध्येय प्रधानमन्त्रीको छ । ओलीले प्रतिनिधिसभा विघटन गरिसकेका छन्, अब निर्वाचन नगराई देशमा राजनीतिक अस्थिरता बढाउने र निरंकुश प्रणाली जारी राख्ने उनको योजना छ ।’
साथै अध्यक्ष संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नरहेपनि ओलीले नयाँ तानाशाह बन्न प्रतिनिधिसभा विघटन गरेर देशलाई दुर्घटनातर्फ धकेलेको आरोप लगाउंदै भने राजनीतिक अस्थिरता उत्पन्न गर्न ओलीद्वारा गरिएको संसद विघटनको एकमात्र विकल्प पुनस्थापना हो ।
सो कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, निती तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा लगयतका व्यक्तिहरुले पनि आ आफ्ना धारणा राखेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !