जनकपुरधाम, फागुन ९ गते । धनुषामा प्रहरीले अपहरित एक बालकलाई अपहरणकाे ७ घण्टामै सकुशल उद्धार गरेका छन ।
अपहरण आराेपमा उनकै बुवा र मामा सहित ३ जनालाई पक्राउ गरिएकाे छ । बच्चाको अपहरणमा संलग्न भएका उनका बुवा रमेश र लक्ष्मेश्वर दास सहित दुई जना मामा पक्राउ परेका छन् ।
जिल्लाको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार दिउंसाे १ बजेदेखि अपहरणमा परेका रमेश दास परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार रमेश दासका छोरा चन्दन दास शनिबार दिउँसो १ बजेबाट हराएका थिए । अपहरणकाे केही घण्टापछि घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो ।
फिरौती माग गरिएपछि बच्चा अपहरणमा परेको जानकारी आए लगतै खटिएको प्रहरी टोलीले बच्चालाई जनकपुरधामकाे माछा बजार नजिककाे एक हाेटलबाट घटनाकाे करीब ७ घण्टापछि सांझ ७ बजे सकुशल उद्धार गरिएको छ ।
बच्चा अपहरणमा उनको बुवाकाे पनि संलग्नता भएको आशंकामा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत जानकारी पत्रकार सम्मेलन मार्फत जानकारी गराइने धनुषा प्रहरीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !