जनकपुरधाम, फागुन ८ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रका रक्षक राष्ट्रपति र प्रधानमन्त्रीले समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन ।
शुक्रवार जनकपुरधाममा प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने जनआन्दोलन सहितका कयौं आन्दोलन र हजारौं शहीदको बलिदानीबाट प्राप्त उपलब्धी प्रजातन्त्र, लोकतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्र वर्तमान प्रधानमन्त्री र राष्ट्रपतिले समाप्त पार्न लागेका हुन ।
पार्टीका केन्द्रिय सदस्य समेत रहेका डा. कोइरालाले प्रधानमन्त्री केपीशर्मा ओलीले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्दै आएका छन तर राष्ट्रपति विद्यादेवी भण्डारी दलीय स्वार्थमा लागेर सचेत गराउनुको सट्टा त्यसमा स्टाम्प लगाएर सदर गर्दै आएका छन ।
मुलुकलाई गम्भीर दुर्घटनामा धकेल्न प्रतिनिधि सभा विघटन र विभिन्न राजनीतिक नियुक्ति लगायतका असंवैधानिक अलोकतान्त्रिक कार्य प्रधानमन्त्री ओली गर्दै आएकोमा त्यसलाई रोक्नुको सट्टा गरिमामय पदमा बसेका राष्ट्रपतिले सदर गर्नु भनेको गलत राजनीतिको अभ्यास रहेको भने ।
पार्टीका केन्द्रिय सदस्य समेत रहेका कोइरालाले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधि सभा विघटनको कदम लोकतन्त्र, गणतन्त्र र संघीयता विरोधी हो, सर्वोच्चले पनि त्यही निर्णयलाई सदर गरयो भने प्रमाण समेत खुलाउनु पर्छ । यदि त्यस्तो गरिएन भने देशमा आन्दोलनको आँधी ल्याउने चेतावनी दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !