जनकपुरधाम, फागुन ८ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका अति विपन्न गरी परिवारहरुको उत्थानका लागि सामुदायिक सुधार केन्द्र (सीआईसी) धनुषाद्वारा कमला बगरमा आलु खेती गराइदै छ ।
यूएनडिपीको सहयोगमा सीआईसीले कोभिड १९ बाट प्रभावित अति विपन्न गरीब परिवारलाई जिविकोपार्जनका लागि गणेशमान चारनाथ नगरपालिकाका वडा नम्बर ८ स्थित कमला नदीको बगर भूमिमा गरीबहरुद्वारा समूहगत रुपमा आलु खेती गराउंदैछ ।
आलु खेती गर्न २० जनाको समूह बनाई समूहगत रुपमा बिउवीजन, सिचाई सुविधाका लागि दुईवटा ईनार खनाएर त्यसमा पानी तान्ने मोटर र डिलेभरी पाइप समेत यूएनडिपीको सहयोगमा सीआईसीले जडान गराएका छन ।
कोभिडको बेला आर्थिक मार झेलिरहेका ती गरीब परिवारहरु आलू खेतीबाट आउने आम्दानीबाट जीवन उक्सान मद्दत पुगेकोमा निकै खुशी छन । समूहका अध्यक्ष गणपत यादवले भने कोभिडको प्रभावले रोजगार समेत गुमेर आर्थिक मार झेली रहेको बेला यूएनडिपीको सहयोगमा सीआईसीले ल्याएको सामूहिक आलू खेतीले जीवन निकै मद्दत पुगेको छ ।
सो आलु खेतीबाट एक पटक मात्रै आम्दानी होइन आत्मनिर्भर बन्न त्यस परियोजना अन्तर्गत अर्को पटक आलू खेतीका लागि आवश्यक रकम समूह मार्फत ऋण सहयोग समेत गरिने बताइएको छ ।
परियोजनाका संयोजक रामदुलार यादवले भने उत्पादनको एक चौथाई रकम समूहको हितकोषमा जम्मा गरिन्छ । त्यसपछि आत्म निर्भर बन्न रकम आभाव भएमा समूहमा रहेका व्यक्तिलाई खेतीका लागि ऋण सहयोग गरिन्छ । उनले भने आलू खेतीबाट आवश्यकतापूर्तिका साथै त्यसबाट आउने आम्दानीले जीवन उक्सान ठूलो टेवा पुग्नुका साथै आत्मनिर्भर पनि बनाउने छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !